ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी
मेरोन्यूज
२०८२ मंसिर २१ गते १५:५८

काठमाडौँ । काठमाडौँको ठमेलस्थित एक निर्माणाधीन रेष्टुरेन्टमा आगलागी भएको छ।
काठमाडौँ महानगरपालिका-२६ ठमेल बुधबारे गल्लीस्थित निर्माणाधीन ‘वर्क इट पप’ रेष्टुरेन्टमा आज बिहान १०:३० बजे आगलागी भएको प्रहरी वृत्त लैनचौरका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) जागेश्वर भण्डारीले जानकारी दिए।
उनका अनुसार विद्युत् सर्ट भएर लागेको आगो करिब ४५ मिनेटपछि नियन्त्रणमा आएको थियो। उक्त आगोलाई नियन्त्रणमा लिनका लागि नेपाल प्रहरीले काठमाडौँ महानगरपालिकाका दुई वटा दमकलको सहायता लिएको उनले जानकारी दिए।
अहिले आगो पूर्ण रूपमा नियन्त्रणमा आएको वृत्त प्रमुख भण्डारीले बताए। उनका अनुसार आगलागीबाट केकति क्षति भयो भन्नेबारेमा प्रहरीले विवरण संकलन गरिरहेको छ।
सम्बन्धित









सुनको चाँदीकाे मूल्य : सुनको बढ्यो, चाँदीको घट्यो
आज प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेटवार्ता हुँदै
स्वास्थ्य बीमा : अब काभ्रेका आठ अस्पतालबाट सेवा
जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ : प्रजिअ अधिकारी
दाङको लमहीमा होटल सञ्चालक भेटिए मृत
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
प्रतिक्रिया