‘जेरी अन टप’ले मनायो ५१औँ दिन, अहिलेसम्मको कमाइ कति ?

काठमाडौँ। चलचित्र ‘जेरी अन टप’ले शनिबार प्रदर्शनको ५१औँ दिन पूरा गरेको छ । नेपाली रजतपटमा ५१औँ दिनसम्म चलचित्र प्रदर्शन हुनुलाई ठूलो सफलता मानिन्छ ।
चलचित्रले शनिबार काठमाडौँ उपत्यकामा रहेका क्युएफएक्स, सिटी स्क्वायर, रञ्जना सिनेप्लेक्स, वान सिनेमाज नयाँ बानेश्वर र कालिमाटी, एफक्युब चाबहिल र इलाइट सिनेमा इटहरीमा प्रदर्शनको ५१औँ दिन पूरा गरेको चलचित्रका वितरक करण श्रेष्ठले जानकारी दिए ।
“सगरमाथा आरोहण र प्रेम कथामा आधारित चलचित्रले घरेलुबजारमा राम्रो व्यापार गरेको छ, यो समग्रमा नेपाली चलचित्रकर्मीको लागि सुखद खबर हो । यसको सफलताले विधागत चलचित्र निर्माण गर्न अन्य निर्मातालाई प्रोत्साहन मिलेको छ”, श्रेष्ठले भने ।
उनका अनुसार चलचित्रले १२ करोड ५० लाखको हाराहारीमा घरेलु बजारमा व्यापार (ग्रस कलेक्सन) गर्न सफल भएको छ । सरोज न्यौपानेले निर्माण गरेको उक्त चलचित्रमा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे, भुवन केसी, उषा खड्गीलगायतका कलाकारले अभिनय गरेका छन् ।
सुयोग गुरुङले निर्देशन गरेको चलचित्र ‘जेरी अन टप’ यो वर्षमा सर्वाधिक व्यापार गर्ने दोस्रो नेपाली चलचित्र समेत बनेको छ । अभिनेता अनमोल केसीले यो समग्र नेपाली चलचित्र क्षेत्रकै उत्सव भएको बताए ।
“चलचित्रको सफलताले ऊर्जा थपेको छ, सगरमाथाको विषयलाई केन्द्रमा राखेर हामीले प्रेमकथा प्रस्तुत गरेका थियौँ, दर्शकले रुचाउनुभएको छ”, अभिनेता केसीले भने । काठमाडौँका केही चलचित्र भवनमा ‘जेरी अन टप’ आगामी साता पनि प्रदर्शनरत रहने निर्माण पक्षले जानकारी दिएको छ ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया