जेन–जी आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ- गत २३ र २४ भदौमा भएको जेन-जीहरूको प्रदर्शनका क्रममा सहिद भएकाहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ ।
मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि सहिदहरूको सम्झनामा सहिद परिवार, घाइते परिवार लगायत युवाहरूले दीप प्रज्वलन गरेका थिए । दीप प्रज्वलनमा गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङ र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता समेत सहभागी भएका थिए ।
दीप प्रज्वलनका क्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले जेन-जी आन्दोलनमा दमन गर्नेहरूमाथि कारबाही गर्न दृढतापूर्वक सरकार अघि बढ्ने बताए । नेपालको राज्य प्रणालीका साथै दोषीलाई अन्तर्राष्ट्रिय रुपमा घेराबन्दी गर्ने उनले बताए ।गृहमन्त्री अर्यालले सरकारले गठन गरेको जाँचबुझ आयोगका साथै मानवअधिकार आयोगले कारबाही सिफारिस गर्ने व्यक्तिलाई समेत कारबाही हुने स्पष्ट पारे ।

















रसुवाका मतदान केन्द्रमा सिसी क्यामरा जडान
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
सुनचाँदीको मूल्य बढ्यो
HoR Election countdown: 359 polling stations labeled ‘Highly Sensitive’ in Karnali
अंग परिवर्तनपछिको जटिलतालाई सम्बोधन गर्न छुट्टै नीतिको माग
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
अमेरिकी ‘सीमित आक्रमण’ पनि पूर्ण आक्रमणकाे रुपमा लिनेछाैँ : इरान
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
प्रतिक्रिया