जेन–जी आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ- गत २३ र २४ भदौमा भएको जेन-जीहरूको प्रदर्शनका क्रममा सहिद भएकाहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ ।
मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि सहिदहरूको सम्झनामा सहिद परिवार, घाइते परिवार लगायत युवाहरूले दीप प्रज्वलन गरेका थिए । दीप प्रज्वलनमा गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङ र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता समेत सहभागी भएका थिए ।
दीप प्रज्वलनका क्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले जेन-जी आन्दोलनमा दमन गर्नेहरूमाथि कारबाही गर्न दृढतापूर्वक सरकार अघि बढ्ने बताए । नेपालको राज्य प्रणालीका साथै दोषीलाई अन्तर्राष्ट्रिय रुपमा घेराबन्दी गर्ने उनले बताए ।गृहमन्त्री अर्यालले सरकारले गठन गरेको जाँचबुझ आयोगका साथै मानवअधिकार आयोगले कारबाही सिफारिस गर्ने व्यक्तिलाई समेत कारबाही हुने स्पष्ट पारे ।









सुनचाँदीको मूल्य निरन्तर बढ्दो, आज ताेलामा कति ?
कञ्चनपुरको मोहना नदी-दैजी सडकको ठेक्का तोडियो
किसानलाई दूधमा दश रुपैयाँ अनुदान
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर हुन्, संरक्षण गरौँ : प्रचण्ड
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
राप्रपाले बाेलायाे केन्द्रीय कार्यसमितिको बैठक
ईश्वर पोखरेलले पार्टीलाई बुझाएको अवधारणापत्रमा के छ ? (पूर्णपाठ)
समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता
एमाले महाधिवेशनको तयारी तीव्र
प्रतिक्रिया