शिवम् सिमेन्टद्वारा लक्ष्मी आधारभूत विद्यालयका १०४ छात्रालाई छात्रवृत्ति

काठमाडौँ । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई मध्यनजर गर्दै हेटौंडामा रहेको शिवम् सिमेन्ट लिमिटेडले छात्रा लक्षित छात्रवृत्ति प्रदान गरेको छ।
कम्पनीले हेटौंडा–१७, हटियास्थित उद्योग प्रभावित क्षेत्रभित्र रहेको लक्ष्मी आधारभूत विद्यालयमा अध्ययनरत १०४ जना छात्रा विद्यार्थीहरूका लागि चालु शैक्षिक सत्रको लागि छात्रवृत्ति प्रदान गरेको हो ।
विद्यालय सञ्चालनका लागि विद्यार्थीबाट लिइँदै आएको आठ महिनाको शुल्कबापत हुन आउने रकम मंगलबार विद्यालय परिसरमा आयोजित औपचारिक कार्यक्रममा हस्तान्तरण गरिएको थियो ।
उक्त कार्यक्रम १७ नं. वडाका जनप्रतिनिधि, शिवम् सिमेन्टका प्रतिनिधि,विद्यालयव्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रध्यानाध्यापक लगायतको उपस्थितिमा छात्रवृत्ति हस्तान्तरण गरिएको हो ।
कम्पनीले विद्यालयमा अध्ययनरत कक्षा १ देखि ८ सम्मका छात्राहरूका लागि छात्रवृत्तिको व्यवस्था गरेको जनाएको छ। उक्त छात्रवृत्तिले छात्राहरूको मनोबल उच्च हुनुका साथै विद्यालयमा छात्रा उपस्थितिमा वृद्धि हुने विश्वास लिइएको छ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यदुदेव उपाध्याय सिग्देलले छात्रा शिक्षामा सहयोग पुर्याएकोमा शिवम् सिमेन्ट लिमिटेडप्रति धन्यवाद व्यक्त गर्दै यस किसिमको सहकार्यले सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधार गर्न मद्दत पुग्ने बताए।
साथै, उद्योग सन् २०६८ सालमा स्थापना भएदेखि विद्यालयसँग सहकार्य गर्दै आएको उल्लेख गर्दै आगामी शैक्षिक सत्रदेखि पूर्ण छात्रवृत्तिको व्यवस्था गरिदिन आग्रह पनि गरे।
यसअघि पनि शिवम् सिमेन्ट लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा कम्पाउण्ड वालनिर्माण, स्कुलबसको व्यवस्था तथा कम्प्युटर–प्रिन्टर लगायतका शैक्षिक सामग्री सहयोग गर्दै आएको जनाएको छ।

















लुयान नेपालकाे होली अफर : इलेक्ट्रिक स्कुटरमा १५ हजारसम्म नगद छुट
कुनै दलसँग गठबन्धन नगरेको एमालेको स्पष्टोक्ति
निर्वाचन आचारसंहिता उल्लङ्घनः आठ जनालाई कारबाही र ९४ जनालाई स्पष्टीकरण
किमद्वारा छोरीलाइ राइफल उपहार, छोरी फेरि केन्द्रमा
इरानमा शनिबार इजरायलले गरेको आक्रमणमा अमेरिका पनि संलग्न छ : डोनाल्ड ट्रम्प
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
प्रतिक्रिया