एमाले महाधिवेशन मुल व्यवस्थापन समितिको बैठक बस्दै, यस्ताे छ यजेन्डा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशन मुल व्यवस्थापन समितीको बैठक बस्दैछ । प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशन आउन दुईदिन बाँकी रहँदा हालसम्मका तयारी र अब गर्नैपर्ने कामका सन्दर्भमा बैठकमा छलफल हुनेछ ।
‘आज मुख्यगरी जनपरिचालनको तयारीका सन्दर्भमा उपमहासचिव प्रदिप ज्ञवालीले रिर्पोटिङ गर्नुहुन्छ’, गौतमले भने, ‘बढी भन्दा बढी कार्यकर्ता परिचालन गरेर जनसभा व्यापक बनाउन अन्य समितीका तर्फबाट पनि सुझाव दिइने छ ।’
मुल समितीको संयोजक महासचवि शंकर पोखरेल हुनुहुन्छ भने सचिवमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ छन् ।
आज १४ वटै समितीका संयोजकले आफ्नो आफ्नो तर्फबाट गरिएको तयारीका बारेमा बैठकमा जानकारी गराउनेछन् । सबै समितीलाई आफ्नो भूमिका थप प्रभावकारी बनाउन महासचिव पोखरेलले निर्देशन दिनेछन् । बैठकमा महाधिवेशन उद्घाटन कार्यक्रमको प्रारुपका विषयमा पनि जानकारी गराइने छ ।








उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
शिवम् सिमेन्टको १२.५ प्रतिशत लाभांश पारित
दिपल एस०५ ले पायो युरो एनक्यापमा सर्वोत्कृष्ट ५ स्टार रेटिङ
एनपीएल इलिमिनेटरमा लुम्बिनी र काठमाण्डु भिड्दै
कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा
लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै काठमाडौँ
लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो
सरकार र जेनजीबिच दश बुँदे सम्झौता ( बुँदासहित )
प्रतिक्रिया