शिवम् सिमेन्टको १२.५ प्रतिशत लाभांश पारित
मेरोन्यूज
२०८२ मंसिर २६ गते २०:०२

काठमाडाैं । शिवम् सिमेन्ट्स लिमिटेडको १०औँ वार्षिक साधारणसभाले सेयरधनीलाई दिने साढे १२ प्रतिशत लाभांश पारित गरेको छ ।
कम्पनीका सञ्चालक समिति अध्यक्ष गौरव गोयलको अध्यक्षतामा बिहीबार सम्पन्न साधारणसभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश (करसहित) र २.५ प्रतिशत बोनस सेयर वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो ।
सभाले समितिले पेस गरेको गत आवको वार्षिक प्रतिवेदनपछि छलफल गरी पारित गर्नुका साथै चालू आवका लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक पनि तोकेको छ ।
अध्यक्ष गोयलले सेयरधनीले दिएका जिज्ञासा तथा सल्लाह–सुझावलाई कम्पनीले ग्रहण गर्दै जाने बताए ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईसँगको खेलमा नेपाल पराजित
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया