शिवम् सिमेन्टको १२.५ प्रतिशत लाभांश पारित
मेरोन्यूज
२०८२ मंसिर २६ गते २०:०२

काठमाडाैं । शिवम् सिमेन्ट्स लिमिटेडको १०औँ वार्षिक साधारणसभाले सेयरधनीलाई दिने साढे १२ प्रतिशत लाभांश पारित गरेको छ ।
कम्पनीका सञ्चालक समिति अध्यक्ष गौरव गोयलको अध्यक्षतामा बिहीबार सम्पन्न साधारणसभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश (करसहित) र २.५ प्रतिशत बोनस सेयर वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो ।
सभाले समितिले पेस गरेको गत आवको वार्षिक प्रतिवेदनपछि छलफल गरी पारित गर्नुका साथै चालू आवका लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक पनि तोकेको छ ।
अध्यक्ष गोयलले सेयरधनीले दिएका जिज्ञासा तथा सल्लाह–सुझावलाई कम्पनीले ग्रहण गर्दै जाने बताए ।
सम्बन्धित














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया