सुदूरपश्चिममा थपिए ४६ हजार नयाँ मतदाता
मेरोन्यूज
२०८२ मंसिर २५ गते १५:२४

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा ४६ हजार २० जना नयाँ मतदाता थपिएका छन् ।
सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि युवा पुस्ताका मतदाता बढी थपिएका जानकारी दिए ।
“निर्वाचन सामग्री व्यवस्थापन र मतदाता नामावली अद्यावधिक कार्य हँुदैछ”, प्रमुख भट्टले भने, “मतदाता दाबी विरोध, त्रुटी सच्याउनेलगायत कार्यका लागि शुक्रबारसम्मको समयावधि दिइएको छ ।”
गत असोज १० देखि मङ्सिर ५ गतेसम्म अद्यावधिक लागि खोलिएको समयमा सबैभन्दा बढी कैलालीमा १८ हजार २१३ र सबैभन्दा कम बाजुरामा एक हजार ५१७ नयाँ मतदाता थपिएका उनले जानकारी दिए । औँठाछाप र फोटोसहित राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा अनलाइन विधिबाट नाम दर्ता गराउने व्यवस्थासमेत गरिएको थियो ।
सम्बन्धित









आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै
विदेशी मुद्राको विनिमयदर: अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै काठमाडौँ
लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो
कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा
अछाममा प्रथम जीबी मेमोरियल स्कुल क्रिकेट प्रिमियर लिग सुरु
काठमाण्डुले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य
प्रतिक्रिया