अछाममा प्रथम जीबी मेमोरियल स्कुल क्रिकेट प्रिमियर लिग सुरु

काठमाडाैं । काठमाडौं—अछाममा पहिलो पटक जीबी मेमोरियल स्कुल प्रिमियर लिग क्रिकेट सुरु भएको छ । मंगलबारबाट अछामको बान्नीगढी—५ कालिकास्थित थालाकोट मैदानमा प्रथम जीबी मेमोरियल स्कुल प्रिमियर प्रिमियर लिग क्रिकेट सुरु भएको हो ।
जीबी मेमोरियल स्कुल प्रिमियर लिग क्रिकेटको उद्घाटन बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउँदले गरे । उद्घाटन समारोहका प्रमुख अतिथीसमेत रहेका अध्यक्ष साउँदले स्वर्गीय गोकर्ण रावलले छोडेर गएका अधुरा काम पूरा गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए । ‘आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरुका लागि गाउँपालिकाका सहयोग उपलब्ध गराउनेछ,’ उनले भने ।
जीबी मेमोरियल फाउण्डेसनका अध्यक्ष सुरज रावलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथी तथा मंगलसेन नगरपालिकाकी उपप्रमुख संगीता रावल सोडारीले विद्यार्थीका लागि प्रतियोगिता कोसेढुंगा भएको बताइन् ।
कार्यक्रममा बान्निगढी जयगढ गाउपालिका—५ का अध्यक्ष टंक साउँद, समाजसेवी दानबहादुर रावललगायत स्थानीय समाजसेवी, शिक्षक, बुद्धिजीवीलगायतको उपस्थिती रहेको थियो ।
जीबी मेमोरियल प्रिमियर लिग क्रिकेटमा जिल्लाभरबाट १२ वटा टिमको सहभागिता रहेको छ । सो अवसरमा खेलाडीलाई पोशाक तथा खेल सामाग्री हस्तान्तरण गरिएको थियो ।

जीबी मेमोरियल प्रिमियर लिग क्रिकेट एक हप्ता चल्नेछ । जीबी मेमोरियल स्कुल प्रिमियर लिग क्रिकेटका विजेताले एक लाख रुपैयाँ, उपविजेताले ५० हजार रुपैयाँ र तेस्रो हुने टिमले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगिताको टाइटल स्पोन्सर मन्त्र एजुकेशन एण्ड माइग्रेसन रहेको छ भने इलाइट विजनेश, क्याम युथ एशोसिएसन र एसटीएल इन्टरनेशनलले सहयोग गरेका छन् । लिगलाई अष्ट्रेलियामा रहेका नेपाली व्यवसायीहरुको पनि सहयोग रहेको छ ।
ग्रेट हिमालय क्रिकेट एकेडेमीले लिगको म्यान अफ सिरिज, वेष्ट बलर र बेष्ट ब्याटसम्यानलाई ६÷६ महिना पहिलो श्रेणीको तालिम उपलब्ध गराउनेछ । प्रतियोगितामा झण्डै १२ लाख खर्च हुने अनुमान गरिएको छ ।
यसअघि प्रतियोगिता १ पुसबाट सुरु गर्ने भएतापनि चिसो बढ्ने र व्यवस्थापन असहज हुने भएकाले २३ मंसिरबाट सुरु गर्नुपरेको जीबी मेमोरियल फाउण्डेसनका अध्यक्ष रावलले जानकारी दिए ।












भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
कम्पनीको कागजात दुरूपयोग गरी ‘ई सेवा’मार्फत करोडौँ रकम कारोबार गर्ने उप्रेती पक्राउ
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज थोक मूल्य
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसले टुंग्यायाे उम्मेदवार
प्रतिक्रिया