अछाममा प्रथम जीबी मेमोरियल स्कुल क्रिकेट प्रिमियर लिग सुरु

काठमाडाैं । काठमाडौं—अछाममा पहिलो पटक जीबी मेमोरियल स्कुल प्रिमियर लिग क्रिकेट सुरु भएको छ । मंगलबारबाट अछामको बान्नीगढी—५ कालिकास्थित थालाकोट मैदानमा प्रथम जीबी मेमोरियल स्कुल प्रिमियर प्रिमियर लिग क्रिकेट सुरु भएको हो ।
जीबी मेमोरियल स्कुल प्रिमियर लिग क्रिकेटको उद्घाटन बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउँदले गरे । उद्घाटन समारोहका प्रमुख अतिथीसमेत रहेका अध्यक्ष साउँदले स्वर्गीय गोकर्ण रावलले छोडेर गएका अधुरा काम पूरा गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए । ‘आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरुका लागि गाउँपालिकाका सहयोग उपलब्ध गराउनेछ,’ उनले भने ।
जीबी मेमोरियल फाउण्डेसनका अध्यक्ष सुरज रावलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथी तथा मंगलसेन नगरपालिकाकी उपप्रमुख संगीता रावल सोडारीले विद्यार्थीका लागि प्रतियोगिता कोसेढुंगा भएको बताइन् ।
कार्यक्रममा बान्निगढी जयगढ गाउपालिका—५ का अध्यक्ष टंक साउँद, समाजसेवी दानबहादुर रावललगायत स्थानीय समाजसेवी, शिक्षक, बुद्धिजीवीलगायतको उपस्थिती रहेको थियो ।
जीबी मेमोरियल प्रिमियर लिग क्रिकेटमा जिल्लाभरबाट १२ वटा टिमको सहभागिता रहेको छ । सो अवसरमा खेलाडीलाई पोशाक तथा खेल सामाग्री हस्तान्तरण गरिएको थियो ।

जीबी मेमोरियल प्रिमियर लिग क्रिकेट एक हप्ता चल्नेछ । जीबी मेमोरियल स्कुल प्रिमियर लिग क्रिकेटका विजेताले एक लाख रुपैयाँ, उपविजेताले ५० हजार रुपैयाँ र तेस्रो हुने टिमले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगिताको टाइटल स्पोन्सर मन्त्र एजुकेशन एण्ड माइग्रेसन रहेको छ भने इलाइट विजनेश, क्याम युथ एशोसिएसन र एसटीएल इन्टरनेशनलले सहयोग गरेका छन् । लिगलाई अष्ट्रेलियामा रहेका नेपाली व्यवसायीहरुको पनि सहयोग रहेको छ ।
ग्रेट हिमालय क्रिकेट एकेडेमीले लिगको म्यान अफ सिरिज, वेष्ट बलर र बेष्ट ब्याटसम्यानलाई ६÷६ महिना पहिलो श्रेणीको तालिम उपलब्ध गराउनेछ । प्रतियोगितामा झण्डै १२ लाख खर्च हुने अनुमान गरिएको छ ।
यसअघि प्रतियोगिता १ पुसबाट सुरु गर्ने भएतापनि चिसो बढ्ने र व्यवस्थापन असहज हुने भएकाले २३ मंसिरबाट सुरु गर्नुपरेको जीबी मेमोरियल फाउण्डेसनका अध्यक्ष रावलले जानकारी दिए ।
















निर्वाचन रिपोर्टिङलाई विश्वसनीय बनाउन अभिमुखीकरण कार्यक्रम
विश्वकै प्रदूषित सहरको सूचीमा काठमाडौँ पाँचौँ स्थानमा
फिलिपिन्समा भारी वर्षाका कारण पहिरो, सात जनाको मृत्यु
एपस्टिन प्रकरणमा पक्राउ परेका बेलायती राजाका भाइ एण्ड्रयू सोधपुछपछि रिहा
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
प्रतिक्रिया