नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

काठमाडौँ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशतले घटेर दुई हजार ६०७ दशमलव ३७ को बिन्दुमा कायम भएको हो ।
आज ३२६ कम्पनीको ७७ लाख ६८ हजार ६०१ कित्ता शेयर ६९ हजार ७२९ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ४९ करोड ७९ लाख ७९ हजार ७५६ दशमलव ५७ को कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ को मूल्य घट्दा ११ कम्पनी स्थिर छन् ।
आज बैंकिङ शून्य दशमलव १५, जीवन बिमा शून्य दशमलव १८, उत्पादन तथा प्रशोधन शून्य दशमलव ९२, माइक्रोफाइनान्स शून्य दशमलव शून्य नौ, तथा व्यापार समूह शून्य दशमलव शून्य सात प्रतिशतले बढेका छन् । विकास बैंक शून्य दशमलव १९, फाइनान्स शून्य दशमलव ६५, होटल तथा पर्यटन शून्य दशमलव ५४, हाइड्रोपावर शून्य दशमलव ३६, लगानी शून्य दशमलव २९, निर्जीवन बिमा शून्य दशमव १६ र अन्य समूह शून्य दशमलव ६३ प्रतिशतले घटेका छन् ।
आज स्वस्तिक लघुवित्त वित्तीय संस्थान लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी आठ दशमलव ४२ प्रतिशत घटेको छ । कारोबारका आधारमा आज सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको शेयर किनबेच भएको छ ।









सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए
एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री
अन्तरराष्ट्रिय साझेदारी र लगानीका कार्यक्रममा स्थानीय सरकारलाई निर्णायक भूमिकामा राख्नु पर्छ: उपप्रमुख डंगोल
82 days to go for election: Political parties contesting the PR election system get election symbols
आजका लागि सागसब्जी र फलफूलको मूल्य
लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै काठमाडौँ
लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो
अछाममा प्रथम जीबी मेमोरियल स्कुल क्रिकेट प्रिमियर लिग सुरु
काठमाण्डुले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य
सरकार र जेनजीबिच दश बुँदे सम्झौता ( बुँदासहित )
प्रतिक्रिया