टियागो इभिमा मेडिकल प्रोफेशनलहरूका लागि विशेष अफर

काठमाडौँ । टाटा मोटर्स नेपालका लागि एकमात्र अधिकृत वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले समाजका लागि निरन्तर सेवा गरिरहेका मेडिकल समुदायप्रति सम्मान व्यक्त गर्दै टियागो.इभीका लागि विशेष योजना सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत टियागो.इभी किन्न इच्छुक मेडिकल क्षेत्रका ग्राहकहरूले आकर्षक उपहार, ठूलो नगद छुट तथा प्रिमियम सेवाहरू प्राप्त गर्न सक्नेछन्। साथै हरेक टियागो इभीको बुकिङमा लिटम्यान स्टेथोस्कोप प्रदान गरिनेछ।
अफरको मुख्य आकर्षणका रूपमा ग्राहकले तीन उत्कृष्ट उपहार विकल्पमध्ये कुनै एक रोज्न सक्नेछन्– जोडीका लागि बाली भ्रमण, iPhone 17 Pro Max, वा सबैभन्दा ठूलो नगद छुट।
योजनामा थप रूपमा उच्चतम एक्सचेन्ज मूल्य, जीवनभरका लागि डीसी फास्ट चार्जिङ सुविधा, एक वर्षको सवारी कर, निःशुल्क एक्सेसरीज, तथा फ्री होम चार्जर इन्स्टलेसन जस्ता सुविधाहरू पनि समावेश छन्।
साथै, मेडिकल समुदायको परिचयपत्र प्रस्तुत गर्दा थप नगद छुट समेत उपलब्ध हुनेछ।
यी सुविधाहरूले मेडिकल समुदायका ग्राहकलाई अझ सहज, किफायती र भरपर्दो अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ।









एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड, दुई हजार ५०० सुरक्षाकर्मी तैनाथ
सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए
एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री
अन्तरराष्ट्रिय साझेदारी र लगानीका कार्यक्रममा स्थानीय सरकारलाई निर्णायक भूमिकामा राख्नु पर्छ: उपप्रमुख डंगोल
82 days to go for election: Political parties contesting the PR election system get election symbols
लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै काठमाडौँ
लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो
अछाममा प्रथम जीबी मेमोरियल स्कुल क्रिकेट प्रिमियर लिग सुरु
काठमाण्डुले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य
सरकार र जेनजीबिच दश बुँदे सम्झौता ( बुँदासहित )
प्रतिक्रिया