यूक्रेन–रूस द्वन्द्वः मस्को विमानस्थलहरू प्रभावित, यात्रु पर्खाइमा

रूसले रातभरि लगभग ३०० यूक्रेनी ड्रोन नष्ट गरेको छ, जुन चार वर्ष लामो युद्धमा कीएभको सबैभन्दा ठूलो आक्रमण प्रयासहरूमध्ये एक मानिन्छ । रक्षा मन्त्रालयका अनुसार, नष्ट गरिएका ड्रोनमध्ये ३२ ड्रोन मस्कोतर्फ उड्दै थिए । यस आक्रमणका कारण मस्कोका चारै विमानस्थल अस्थायी रूपमा बन्द गर्नुपरेको थियो, जसले विमान उडानमा ठूलो ढिलाइ र यात्रुहरूमा असुविधा सिर्जना गर्यो ।
मस्को क्षेत्रकी डाक्टर रैसाले भन्नुभयो, “हामी १२ घण्टा भन्दा बढी विमानस्थलमा पर्खिरहेका छौँ, र हाम्रो उडान ‘एक घण्टा ढिला’ भैरहेको छ ।” हवाई मार्ग बन्द हुँदा आर्मेनियाका प्रधानमन्त्री निकोल पासिन्यानको विमान पनि मस्कोमा अवतरण गर्न नसकेर सेंट पिटर्सबर्ग उडे । पछि उहाँ सोही दिन मस्को पुगे । यूक्रेनले रूसले रातभरि १५१ ड्रोन र ३ मिसाइल प्रहार गरेको जनाएको छ । पूर्वी पोल्टाभा क्षेत्रीय प्रशासनले स्थानीय ऊर्जा संरचनामा आक्रमण र आगलागी भएको जानकारी दिएको छ ।
नाफ्टोगाजका प्रमुख सर्जिय कोरेत्स्कीका अनुसार यस वर्षको आक्रमण पहिलेको भन्दा तीव्र र चाँडो सुरु भएको छ, जसले जाडो मौसममा यूक्रेनका लागि चुनौती बढाएको छ । विश्लेषकहरूले रूसले पछिल्ला महिनामा यूक्रेनमा रेकर्ड सङ्ख्यामा ड्रोन र मिसाइल प्रहार गरेको जनाएका छन् । यूक्रेन र यसको साझेदार देशहरूले युरोपकै सबैभन्दा घातक द्वन्द्व अन्त्य गर्ने प्रयास गरिरहेका छन् ।
















इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
यस्तो छ आज कृषिउपजको थोक मूल्य
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
आजको मौसम पूर्वानुमान : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया