पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, ८ घाइते
मेरोन्यूज
२०८२ मंसिर २६ गते १३:२८

तानसेन (पाल्पा) । पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा आठ जना घाइते भएका छन् ।
निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप आज दुर्घटनामा परेको हो । दुर्घटनामा जिपमा सवार तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए । उनका अनुसार मृतक तीनै जनाको पहिचान खुल्न सकेको छैन ।
दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइतेको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल पूर्वी नवलपरासी पठाइएको सूचना अधिकारी चौधरीले बताए । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।
सम्बन्धित









महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे
मन्त्रिपरिषद् विस्तार : चार नयाँ मन्त्रीले लिए शपथ
एमाले सचिवालय बैठक च्यासलमा
पूजा गर्ने खोप्पाको मौरी घार आम्दानीको स्रोत
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
फाइनलमा पुग्न विराटनगरलाई १५६ रनको लक्ष्य
विराटनगरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा
यू–१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा
एनपीएलमा अर्धशतकको सङ्ख्या ३६
मोरङ-६ बाट शेखर कोइरालाको एकल नाम सिफारिस
प्रतिक्रिया