दिपल एस०५ ले पायो युरो एनक्यापमा सर्वोत्कृष्ट ५ स्टार रेटिङ

काठमाडौँ । दिपलको दिपल एस०५ एसयूभी ले यस वर्षको युरो एनक्याप टेस्टमा सर्वोत्कृष्ट ५ स्टार रेटिङ प्राप्त गरेको छ। यो उपलब्धिले विश्वस्तरीय सुरक्षा, इन्जिनियरिङ उत्कृष्टता र स्मार्ट मोबिलिटीप्रतिको दिपलको प्रतिबद्धतालाई पुन: प्रमाणित गरेको कम्पनीले जनाएको छ।
स्वतन्त्र परीक्षण नतिजाअनुसार दिपल एस०५ ले सबै प्रमुख सुरक्षा श्रेणीमा उत्कृष्ट प्रदर्शन गरेको छ। यसमा एडल्ट पेसेन्जर सेफ्टीमा ९४ प्रतिशत, चाइल्ड सेफ्टीमा ८७ प्रतिशत, संवेदनशील सडक प्रयोगकर्ता सुरक्षामा ७८ प्रतिशत र सेफ्टी असिस्ट प्रणालीमा ७६ प्रतिशत प्राप्त गरेको छ। यी नतिजाले दिपल एस०५ लाई नवीनतम र कडा युरो एनक्याप मापदण्डअन्तर्गतको परीक्षणमा उत्कृष्ट एसयुभीको रूपमा स्थापित गरेको छ।
यसमा सेग्मेन्टमै पहिलो पटक उपलब्ध रिमोट इन एन्ड आउट पार्किङ, एआर एचयुडी, आउटडोर स्पिकर सहितको १४ स्पिकर, इन्टरनेट कनेक्टिभिटी, क्वीन को-पाइलट सिट, फ्रेमलेस डोर र फ्लस ह्यान्डल जस्ता विशेष सुविधाहरू छन्।
यसमा प्रयोग गरिएको ‘गोल्डेन शिल्ड ब्याट्री’ सबैभन्दा सुरक्षित, सबैभन्दा छिटो चार्ज हुने र सबैभन्दा लामो आयु भएको ईभी ब्याट्री हो, जसले ५००० भन्दा बढी चार्जिङ साइकल प्रदान गर्छ।

















आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजको मौसम पूर्वानुमान : हिमाली भेगमा हल्का वर्षासहित हिमपातको सम्भावना
निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
आज कतिमा किनबेच हुँदैछ सुन ?
प्रतिक्रिया