एमाले महाधिवेशन हलमा पेस हुनेछ ईश्वर पोखरेलको प्रस्तावना

काठमाडौँ। नेकपा एमालेको ११ औँ महाधिवेशन शनिबारदेखि सुरु हुँदैछ। यो महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व चयनबाहेक अन्य केही विषय समावेश नहुने बताएका छन्।
उनको यो अभिव्यक्ति र निर्देशनात्मक आदेशलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले आपत्ति जनायो।
यसअघि पोखरेलले मंसिर २२ गते अध्यक्ष ओलीलाई बुझाएको प्रस्तावना भने महाधिवेशन हलमा पेस हुने भएको छ।
सचिव योगेश भट्टराईका अनुसार शुक्रबारको सचिवालय बैठकले ईश्वर पोखरेलले बुझाएको प्रस्तावना पढ्न पाउनेछन्। प्रस्तावनाको विषयका केही कुरा भने आवश्यकताअनुसार निर्णय गरेर अगाडि जाने निष्कर्ष बैठकले निकालेको उनको भनाइ छ।
त्यस्तै उनले आगामी महाधिवेशनमा १५ प्रतिशत युवा केन्द्रीय कमिटीमा रहनपर्ने प्रस्ताव आफूले सचिवालय बैठकमा राखेको पनि बताए। उनले आफ्नो प्रस्तावबारे महाधिवेशनको बन्दसत्रमा छलफल हुने पनि बताए।
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
आजको मौसम : यी तिन प्रदेशमा वर्षाको सम्भावना
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया