थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाइ आक्रमण जारी

कम्बोडियाली रक्षा मन्त्रालयका अनुसार थाइल्याण्डको सेनाले शनिबार बिहान दुईवटा एफ–१६ फाइटर जेटमार्फत पुरसात प्रान्तमा बम प्रहार गरेको छ ।
विज्ञप्तिमा बिहान ५ः५० र ५ः५५ बजे त्मोर क्षेत्रमा एउटा होटल भवन नष्ट गर्न दुईवटा बम प्रहार गरिएको भनिएको छ । त्यसपछि बिहान ६ः०२ र ६ः०७ बजे चेई चम्नास पुल नष्ट गर्न दुईवटा बम प्रहार गरियो भने ६ः१२ बजे पुरानो चेई चम्नास पुलमा थप बम प्रहार भएको छ ।
कम्बोडियाली रक्षा मन्त्रालयले भनेको छ, “थाइल्याण्डको बमबार्डमेन्ट अझै रोकिएको छैन ।” थाइल्याण्डको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । कम्बोडिया–थाइल्याण्ड सीमाक्षेत्रको विवाद ७ डिसेम्बरदेखि पुनः शुरू भएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै बताए,“उहाँले थाइल्याण्ड र कम्बोडियाका नेतासँग फोनमार्फत वार्ता गर्नुभयो र दुवै पक्षले शुक्रबार साँझदेखि लागू हुने युद्धविराम स्वीकार गर्नुभयो ।”
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
प्रतिक्रिया