यु–१९ एसिया कप : दोस्रो खेलमा बंगलादेशसँग खेल्दै नेपाल
मेरोन्यूज
२०८२ मंसिर २९ गते ९:०१

काठमाडौं – एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज दोस्रो खेलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।
पहिलो खेलमा श्रीलंकासँग ८ विकेटले पराजित भएको नेपालमाथि आजको खेल जित्नैपर्ने दबाब छ । दुबईमा नेपाल र बंगलादेशको खेल बिहान १०ः४५ बजे सुरु हुँदैछ ।
यसअघि शनिबार दुबईको द सेभेन्स रङ्गशाला भएको पहिलो खेलमा नेपाल आठ विकेटले पराजित भएको हो । जितको लागि दिएको ८३ रनको लक्ष्य श्रीलंकाले १४ दशमलव ५ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल २८.५ ओभरमा सबै विकेट गुमाउँदै ८२ रनमा समेटिएको थियो ।
प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । मङ्सिर २६ गतेदेखि सुरू भएको उक्त प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका, अफगानिस्तान, भारत, पाकिस्तान, युएई र मलेसिया सहभागी छन् ।
सम्बन्धित

















कञ्चनपुरमा जग्गा विवादमा आमाको हत्या
झापाबाट लागुऔषधसहित सात जना पक्राउ
Tractor hits man to death
One dies in motorcycle accident
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
प्रतिक्रिया