कृषि विकास बैंकको १९औँ वार्षिक साधरण सभा सम्पन्न

काठमाडाैं । कृषि विकास बैंक लि.को १९औं वार्षिक साधरणसभा सम्पन्न भएको छ । बैंकको आर्थिक वर्ष २०८१।८२ बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा आज सोमबार सम्पन्न भएको हो ।
बृहत कार्य संजालद्धारा आफ्ना बस्तु/सेवाहरुलाई देशका अति दुर्गमदेखि सुगम ठाउँहरुमा स्थापना भएका शाखाहरु, मुख्य कार्यालय समेत गरी २८५ वटा कार्यालय मार्फत आधुनिक बैकिङ्ग सेवा पुर्याउन सफल भएको तथा नेपालका बाणिज्य बैंकहरु मध्ये कृषिमा सबै भन्दा बढी लगानी गरेको छ ।
यस साधरणसभामा शेयर धनीहरुलाई चुक्ता पूंजीको ३.२५ प्रतिशत बोनस शेयर र नगद लाभांश स्वरुप ९.७५ प्रतिशत (कर सहित) उपलव्ध गराउने प्रस्ताव समेत साधरणसभाबाट पारित भैसकेको सन्दर्भमा यथाशिघ्र सोही अनुसारको लाभाशं शेयरधनीहरुलाई उपलव्ध गराईने प्रतिवद्धताका साथ आर्थिक वर्ष २०८१।८२ कृषि विकास बैंक लि.को उन्नाईसौ बार्षिक साधरणसभा बैंक संचालक समितिका अध्यक्ष डिम प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।
उक्त साधरणसभामा वक्ताको रुपमा नेपाल सरकार महालेखा नियन्त्रक कार्यालयका प्रतिनिधी मुक्तिरमण पराजुली लगायत ९ जनाले आफ्नो भनाई राखेका थिए भने केहि शेयरधनीहरुले लिखित मन्तव्य समेत दिएका थिए ।
यसरी भाग लिएका शेयरधनीहरुले उठाएका जिज्ञासका सम्बन्धमा संचालक समिति अध्यक्ष डिम प्रसाद पौडेलले स्पष्ट पार्नुका साथै शेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरे ।
शेयरधनीहरुको वाक्लो उपस्थिती रहेको उक्त साधरणसभामा विभिन्न निकाय/संघ/संस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरु र बैंक संचालक समितिका सदस्यहरु क्रमश सेवन्तक पोखरेल, डा.हरी बहादुर के.सी, गोविन्द प्रसाद भट्टराई, संजिव पौडेल, विनोद कुमार गुरागाँई , रीता सुवेदी र प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको उपस्थिती रहेको थियो भने साधरणसभाको संचालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गरेका थिए ।















यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
धूम्रपान नियन्त्रणका लागि बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ
प्रहरी प्रतिष्ठान नसार्ने सरकारको निर्णय
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
दोहोरो अंकले घट्यो नेप्से, करिब साढे पाँच अर्बकाे काराेबार
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
प्रतिक्रिया