आजदेखि बाघ गणना हुँदै

काठमाडौँ । आजदेखि शुरु भएको पाँचौं राष्ट्रिय बाघ गणना अन्तर्गत चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा र लालझाडी करिडोरका बाघ गणना शुरु हुँदैछ । वैज्ञानिक विधिबाट तीन वटा ब्लकका बाघको गणना हुन लागेको हो ।
गणनाका लागि २ हजार ३ सय स्वचालित क्यामरा प्रयोग गरिँदैछ भने ८ हजार ४ सय वर्ग किलोमिटर क्षेत्रका बाघको संख्या, बासस्थान र आहाराबारे अध्ययन र अनुगमन हुन लागेको हो ।
सन् २०२२ मा १ हजार ८ सय ४३ क्यामरा प्रयोग गरिएको थियो । बाघको गणना चैतसम्म चल्नेछ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको संयोजनमा राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लुडब्लुएफ र जेडएसएल लगातयका निकायको सहयोगमा गणना हुन लागेको हो । मुलुकभर करिब २ सय ५० जना दक्ष जनशक्ति गणनामा खटिनेछन् ।
नेपालमा सन् २००९ देखि स्वचालित क्यामरा राखेर बाघको संख्या यकिन गर्न लागिएको हो । २०२६ जुलाई २९ मा पर्ने विश्व बाघ दिवसका दिन गणनाको नतिजा सार्वजनिक गरिने छ । सन् २०२२ मा भएको गणनामा ३ सय ५५ बाघ थिए ।










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
प्रतिक्रिया