पक्राउ परेका श्रम संस्कृति पार्टीका उपाध्यक्ष तामाङ पार्टीबाट निलम्बित
मेरोन्यूज
२०८२ पुष २ गते १४:२७

काठमाडाैं । श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति, देवराज भनिने राजकुमार तामाङ लामालाई पार्टीले निलम्बन गरेको छ ।
विस्फाेटक पदार्थसम्बन्धी कसुरमा फरार देखिएका तामाङलाई मंगलबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौंको कपनबाट पक्राउ गरेको थियाे ।
उनी पक्राउ परेगलत्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बुधबार विज्ञप्ति जारी गरेर आजैका मितिबाट अनुसन्धानको अन्तिम टुंगो नलागुन्जेलसम्मका लागि निलम्बन गरिएको जानकारी दिए ।
अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका लागि अनुसन्धानको टुंगो नलागेसम्म बुधबारदेखि लागुहुने गरी पार्टीको उपाध्यक्ष पदको जिम्मेवारीबाट निलम्बन गरिएको अध्यक्ष साम्पाङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित
















चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया