प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस सभापति देउवा डडेलधुराबाट सिफारिस

सुदूरपश्चिम नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि डडेलधुराबाट सिफारिस हुनुभएको छ । कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका प्रवक्ता सुरतबहादुर रावतले जिल्लाबाट सर्वसम्मत् रुपमा आएको कांग्रेस सभापति देउवाको नाम प्रदेश कार्यसमितिले आज केन्द्रीय कार्यालयमा पठाएको जानकारी दिए ।
कांग्रेसका केन्द्रीय सदस्य एवं निवर्तमान परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई कैलाली निर्वाचन क्षेत्र–५ (धनगढी क्षेत्र)बाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फको निर्वाचनका लागि सिफारिस गरिएको छ । प्रत्यक्ष तर्फको निर्वाचनमा यो क्षेत्रमा राणासहित कांग्रेसका प्रदेश महामन्त्री नरनारायण शाह, विघटित प्रतिनिधिसभा सदस्य डिल्लीराज पन्त र धनगढी उपमहानगरपालिकाका पूर्व प्रमुख नृपबहादुर ओडको नामसमेत सिफारिस गरिएको छ ।
कैलाली–४ बाट कांग्रेसका प्रदेश सभापति एवं विघटित प्रतिनिधिसभा सदस्य वीरबहादुर बलायरसहितका आकांक्षी सिफारिस भएका छन् । बलायर डोटीबाटसमेत सिफारिस हुनुभएको छ । कैलाली –४ मा कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरसहितका आकांक्षीको नाम पनि सिफारिस गरिएको छ ।
कञ्चनपुर–२ बाट विघटित प्रतिनिसभा सदस्य एवं कांग्रेसका नेता एनपि साउदसहितका आकांक्षी र कञ्चनपुर–३ बाट केन्द्रीय सदस्य एवं निर्वतमान गृहमन्त्री रमेश लेखकसहितका आकांक्षीको नाम सिफारिस भएको छ । यसैगरी अछाम–२ बाट विघटित प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाहसहित सिफारिस भएका छन् । विघटित प्रतिनिधिसभा सदस्य एवं कांग्रेसका प्रभावशाली नेता दिलेन्द्रप्रसाद बडू दार्चुलाबाट एकल रुपमा सिफारिस भएका छन् ।
कांग्रेसको प्रदेश कार्यसमितिले आसन्न प्रतिनिधिसभाको प्रत्यक्ष तर्फका साथै समानुपातिक तथा राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि निर्वाचन क्षेत्रस्तरीय कार्यसमिति र जिल्ला कार्यसमितिबाट सिफारिस भई आएका आकांक्षी सबैको नाम केन्द्रमा पठाएको प्रवक्ता रावतले बताए ।
सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ सबै नौ जिल्लामा १६ निर्वाचन क्षेत्र छन् । विसं २०७९ मा भएको प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फको निर्वाचनमा कांग्रेसका आठ, नागरिक उन्मुक्ति पार्टीका तीन र तत्कालीन नेकपा (एकीकृत समाजवादी) पाटीका तीन र नेकपा (एमाले)का दुई प्रत्यासी विजयी भएका थिए ।












विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह
Baglung adds 5,253 new voters for this poll
सेयर बजारमा सामान्य अंकको सुधार
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ:असिम शाह
प्रतिक्रिया