आइतबार, पुष ६, २०८२

एमालेले महाधिवेशन गरेकाे भृकुटीमण्डपमै प्रचण्ड नेतृत्व नेकपाले आज सभा गर्दै

मेरोन्यूज २०८२ पुष ५ गते ९:३४

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौँमा एकता सन्देश सभाको आयोजना गरेको छ । बागमती प्रदेश, विशेष प्रदेश र सम्पर्क प्रदेशको संयुक्त आयोजनामा हुन लागेको हो । 

नेकपा (एमाले)ले राष्ट्रिय महाधिवेशनको बन्दसत्र सञ्चालन गरेर बिहीबारमात्रै महाधिवेशन समापन गरेकाे भृकुटीमण्डप क्षेत्रमै नेकपाले सभा आयोजना गर्न लागेको हो ।

सुनधारा, नयाँ सडक चोक र शान्ति बाटिकामा जुलुस जम्मा हुने आयोजकले जानकारी दिएका छन् ।

सभालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम, भीम रावल लगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभा भृकुटीमण्डपको तीनकुने सडकमा हुनेछ ।

कात्तिक १९ गते तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १२ वटा वामपन्थी घटक मिलेर नेकपा बनाएका थिए ।

पार्टी एकता सन्देश दिनका लागि नेकपाले मंसिर १२ गतेदेखि सातै प्रदेशमा शक्ति प्रदर्शनसहित आमसभा गरेको छ ।

प्रतिक्रिया