जेनजीको रगतको थोपा खेर जान दिन्नँ – रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीलाई अनुहार उज्यालो बनाउन र निर्धक्कसँग काम-कारबाही अघि बढाउन आग्रह गरेका छन्।
शनिबार चितवनमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको साथमा रास्वपा रहेको बताए।आफू नक्खु कारागारमा रहेका बेला कहिलेकाहीँ टेलिभिजन हेर्दा प्रधानमन्त्रीको अनुहार अँध्यारो देख्ने गरेको उनले बताए।
‘आफ्नो अनुहार उज्यालो पार्नुहोस् प्रधानमन्त्रीज्यू, रास्वपा तपाईंको साथमा छ’, उनले भने, ‘सुशासनको डन्डा चलाउनुहोस्। चुनाव गराउनुहोस्। रास्वपा तपाईंको साथमा छ। अनुहारमा हाँसो ल्याउनुहोस् प्रधानमन्त्रीज्यू।’
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले प्रधानमन्त्री कार्की न्यायालयको मूर्ति रहिसकेको व्यक्ति भएको भन्दै देशलाई पनि न्याय दिलाउन आग्रह गरे।
लामिछानेले आफूलाई विष भएका सर्पहरूले डसेको र त्यही विषय लिएर अहिले पनि आफू बाँचिरहेको टिप्पणी गरे । , आज पर्यन्त अन्यायका विरुद्धमा चितवनबासीले अझै पनि अन्यायका विरुद्ध यहीँबाट उठ्न, यो गुन तपाईंहरूले मलाई मात्रै होइन देशका लागि लगाउनुभएको छ । देशलाई तिर्ने तपाईंहरूको गुन संवाहक बनेर देशलाई तिर्नेछु,’ लामिछानेले भने, ‘मलाई डस्ने सर्पहरू मरे कि मरेनन् थाहा भएन तर यिनले मेरो शरीरमा दिएको विष बोकेर म आज पनि बाँचिरहेको छु । मेरो शरीरमाथि बसेको विष अझै पनि बाँकी छ । म यो विषय लिएर पनि लड्छु । जेनजी भाइबहिनीहरूको रगतको थोपा खेर जान दिन्नँ ।’
सो क्रममा उनले पुराना पुस्ताका नेताहरूतर्फ इंगित गर्दै उनीहरूले देशलाई नै दुख दिएको र त्यसको अगाडि आफूलाई दिएको दुख केही नभएको पनि बताए
















निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
प्रतिक्रिया