इन्डोनेसियामा बस पल्टिँदा १६ जनाको मृत्यु

जकार्ता (इन्डोनेसिया) । इन्डोनेसियाको एक प्रमुख राजमार्गमा सोमबार बिहान भीषण दुर्घटना भएकाे छ ।
राजधानी जकार्ताबाट योग्यकार्तातर्फ गइरहेको एक कोच बस राजमार्गको इन्टरचेन्ज नजिकै अवरोधमा ठोक्किएर पल्टिँदा १६ जनाकाे मृत्यु भएकाे छ।
स्थानीय खोज तथा उद्धार एजेन्सीका प्रमुख बुडियोनोका अनुसार उक्त बस निकै उच्च गतिमा यात्रारत अवस्थामा मोडमा पुगेको थियो । मोड पार गर्ने क्रममा बस सडकको अवरोधसँग ठोक्किएपछि अनियन्त्रित भई पल्टिएको उनले विज्ञप्तिमार्फत जानकारी दिए ।
“हामीले घटनास्थलबाट ३४ जनालाई सुरक्षित रूपमा बाहिर निकाल्न सफल भएका छौँ”, बुडियोनोले भने । उनका अनुसार १५ जनालाई घटनास्थलमै मृत घोषित गरिएको थियो भने गम्भीर घाइते एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा परेका धेरै घाइतेलाई उपचारका लागि सेमरङ सहरका विभिन्न अस्पतालमा लगिएको उनले बताए ।
इन्डोनेसियामा यस प्रकारका यातायात दुर्घटनाहरू प्रायः हुने गरेका छन् । दक्षिणपूर्व एसियाको विशाल द्वीपसमूह राष्ट्रमा धेरै सवारी साधनहरू पुराना हुनु, मर्मतसम्भारको कमी रहनु तथा सडक नियमहरूको नियमित उल्लङ्घन हुनु दुर्घटनाका प्रमुख कारण मानिन्छन् ।
यसअघि सन् २०२४ मा ईद अल–फितर पर्वका अवसरमा मानिसहरूको आवतजावत बढेका बेला व्यस्त राजमार्गमा एउटा बस र कार आपसमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको थियो । त्यसैगरी सन् २०१९ मा सुमात्राको पश्चिमी भागमा एउटा बस खोलामा खस्दा कम्तीमा ३५ जनाले ज्यान गुमाएका थिए ।










कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छ : कार्यवाहक प्रमुख आयुक्त
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया