कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
मेरोन्यूज
२०८२ पुष ७ गते २०:१७

काठमाडौँ । नेपाली कांग्रेस क्रियाशील सदस्यताको आवेदन फारम पुस ९ गते मध्याह्न १२ बजेसम्म मात्रै भर्न पाइने भएको छ ।
आज बसेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले क्रियाशील सदस्यताको फारम पुस ९ गते मध्याह्न १२ बजेसम्म भर्न पाइने र त्यसपछि पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको सदस्य प्रकाश रसाइली ‘स्नेही’ले जानकारी दिए ।
‘पुस ९ गते क्रियाशील सदस्यता फारम भर्ने समय दिउँसो १२ बजेपछि लक गरेर त्यही दिन साँझ प्रमाणीकरण गरेर सार्वजनिक गर्छौँ,’ उनले भने, ‘नयाँ सदस्यताको फारम भने पुस १० गते राति लक गरेर ११ गते प्रमाणीकरण सकेर पार्टीलाई बुझाउँछौँ ।’
उनले जनसम्पर्कको समितिको नयाँ सदस्यता नपाएको हकमा आवेदन दिन र क्रियाशील सदस्यताको आवेदन दिन केन्द्रबाटै मिल्ने गरी आजबाट फारम खुला भएको रसाइलीको भनाइ छ ।
सम्बन्धित
















रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
बर्दिया राष्ट्रिय निकुञ्ज संरक्षणलाई प्रभावकारी बनाउने मन्त्री चौधरीको प्रतिबद्धता
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
प्रतिक्रिया