तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
मेरोन्यूज
२०८२ पुष ७ गते २१:४४

इरानले सोमबार देशका विभिन्न स्थानमा कैयौँ क्षेप्यास्त्र परीक्षण गरेको त्यहाँकाे अर्धसरकारी समाचार संस्था ( फार्स) ले जनाएको छ । इरानकाे इजरायलसँगकाे सम्बन्ध तनावमा रहँदा गरिएकाे याे परीक्षणले दुइ देशकाे सम्बन्ध थप बिग्रने चिन्ता गरिएकाे छ ।
ती क्षेप्यास्त्र इरानको खोर्रामाबाद, महाबाद, इस्फहान, तेहरान र मशहादमा परीक्षण गरिएको फार्सले जनाएको छ ।
सोमबार इरानी सेनाका प्रमुख आमिर हतामीले भने, “इरानीसेना असममित र अनियमित युद्धसहित कुनै पनि खतराको सामना गर्न सधैं तयार छ।” पश्चिमी इरानमा तैनाथ सैनिक इकाइहरूको भ्रमणका क्रममा हतामीले भने, “हामी दुश्मनको हरेक गतिविधिलाई नजिकबाट नियालिरहेका छौँ र कुनै पनि दुर्भावनापूर्ण कार्यको निर्णायक जवाफ दिनेछौँ ।”
सम्बन्धित
















चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया