जसपा नेपाल र स्वाधीन मधेश अभियानबीच कार्यगत एकता घोषणा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा गरिएको छ। बुधबार जसपा नेपाल पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित कार्यक्रममा दुवै पक्षले संयुक्त रूपमा संघर्ष अघि बढाउने सहमति गरेका हुन्।
कार्यगत एकता घोषणापत्रमा दुवै पक्षले पूर्ण समानुपातिक निर्वाचन प्रणाली स्थापनाका लागि संयुक्त संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। साथै स्थानीय तहलाई विकास निर्माणको प्रमुख आधारका रूपमा स्थापित गर्न दलविहीन निर्वाचन प्रणालीको पक्षमा संघर्ष गर्ने सहमति भएको छ।
सहमतिपत्रमा नेपालको संविधान अधुरो, अपुरो तथा त्रुटीपूर्ण र विभेदकारी रहेको ठहर गर्दै त्यसको संशोधन, परिमार्जन तथा आवश्यक परे पुनर्लेखनका लागि संघर्ष जारी राख्ने उल्लेख छ भने विविध जात, जाति, भाषा, धर्म, संस्कृति र पहिचान भएका समुदायलाई समेट्ने गरी राज्य–राष्ट्रको अवधारणा स्थापित गराउन पनि संयुक्त प्रयास गर्ने सहमति गरिएको छ।
सहमतिपत्रमा अध्यक्ष उपेन्द्र यादव र स्वाधीन मधेश जनअभियानका संयोजक कैलाश महतोले घोषणापत्रमा हस्ताक्षर गरेका छन्। कार्यगत एकताको सहमतिपछि जसपा नेपालका अध्यक्ष यादवले मधेशका जनतालाई अधिकारसम्पन्न बनाउन एकता गर्दै संघर्ष गर्ने बताए।
उनले मधेश केन्द्रीय दल र समूहहरु बिभाजित हुदा लक्ष्यमा पुग्न नसकिएको भन्दै अब विचार मिल्ने समूहसँग एकताको सुरुवात भएको धारणा राखे। दुवै पक्षले हाल कार्यगत एकता गरी संघर्षका कार्यक्रमहरू सँगै सञ्चालन गर्ने र भविष्यमा आवश्यकता अनुसार एकतासमेत गर्न सक्ने सहमति समेत गरेका छन्।
















कोही कसैलाई पनि घरबारबिहीन बनाउँदैनौं : रवि लामिछाने
बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
उद्योगी व्यवसायीलाई रविले भने– डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं
चार देशका अटोमोबाइल फेडेरेसन प्रवेश गरे ड्रोन र भर्टिकल मोविलीटीमा
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
प्रतिक्रिया