रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले अमेरिकाको नेतृत्वमा तयार गरिएको नयाँ २० बुँदे योजना सार्वजनिक गर्दै रुसी आक्रमण अन्त्य गर्न र दीर्घकालीन शान्ति स्थापना गर्ने प्रयास अघि बढाइएको जानकारी दिएका छन् ।
उनले बताएअनुसार यो योजना किएभ र वाशिङ्टनबीच सहमति भइसकेको र मस्कोमा प्रतिक्रिया पाउन पठाइएको छ ।
योजनामा युक्रेनको सार्वभौमिकता पुनः पुष्टि गरिने, युक्रेन–रूसबीच पूर्ण गैर–आक्रमण सम्झौता हुने, युक्रेनलाई सुरक्षा प्रत्याभूति दिइने, युक्रेनी सेनाको क्षमता कायम रहने र नाटो, अमेरिका तथा युरोपेली साझेदारहरूले आवश्यक सुरक्षा समर्थन प्रदान गर्ने प्रावधानहरू समावेश छन् ।
साथै, युक्रेनले यूरोपेली सङ्घमा सदस्यता हासिल गर्ने, अर्थव्यवस्था र पूर्वाधारको पुनर्निर्माणका लागि विकास प्याकेज लागू गर्ने, डनिप्रो नदी र कालो सागरमा व्यापारको पहुँच सुनिश्चित गर्ने र जापोरिज्जिया परमाणु ऊर्जा स्टेशन युक्रेन, अमेरिका र रूसको संयुक्त व्यवस्थापनमा सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।
मानवतावादी समितिको स्थापना गरिने, युद्धबन्दी र अन्य कैदीहरूको आदान–प्रदान सुनिश्चित गरिने, युक्रेनमा छिट्टै निर्वाचन सम्पन्न गरिने, र सम्झौताको कानुनी कार्यान्वयन शान्ति परिषद्को निगरानीमा हुने प्रावधानहरू पनि योजना अन्तर्गत रहेका छन् ।
सबै पक्ष सहमत भएपछि तत्काल पूर्ण युद्धविराम लागू हुनेछ । राष्ट्रपति जेलेंस्कीले यस योजनाले युक्रेन–रूस द्वन्द्व अन्त्य गर्न र दीर्घकालीन शान्ति स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया