नेपालमा पनि देखियो ‘डबल’ र ‘ट्रिपल म्युटेन्ट’ कोरोना भाइरस
नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण

काठमाडाैं । भारतमा देखिएको काेराेना भाइरसकाे त्रिपल म्युटेसनको भेरियन्ट नेपालमा पनि भेटिएकाे छ । नेपालमा कुन प्रकारका भेरियन्ट तीव्ररूपमा फैलिएको छ भनेर सरकारले परीक्षणका लागि ३५ वटा नमुना विश्व स्वास्थ्य संगठनमा पठाएको थियो ।
जसमा सबैभन्दा बढी ९७ प्रतिशत अर्थात ३४ जनामा त्रिपल म्युटेन देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
इपिडियमियोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेलले अहिले नेपालमा देखिएको त्रिपल म्युटेन भेरियन्ट बढी संक्रामक र छिटो फैलने खालकाे भएकाे बताए । बेलायतको युके भेरियन्ट भन्दा यो बढी संक्रामक रहेको छ-उनले भने ।
उनका अनुसार नेपालमा हालसम्म तीन प्रकारका भेरियन्ट भेटिएका छन् । भारतमा भेटिएका युके भेरियन्ट, भारतमा देखिएको डबल र त्रिपल रहेका छन् ।
भारतीय भेरियन्टलाई आधिकारिक रूपमा बी.१.६१७ भनिएको छ। त्यो अक्टोबरमा पहिलो पटक फेला परेको हो। नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले मे १० मा विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनि घोषणा गरेको थियो।
हाल पत्ता लागेकाे नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको विभिन्न अध्ययनले देखाएका छन् ।
















नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
उद्योग वाणिज्य महासङ्घ, लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
प्रतिक्रिया