दाङमा शीतलहर, विद्यालय ३ दिनलाई बन्द
मेरोन्यूज
२०८२ पुष १६ गते ८:२९

काठमाडौं । दाङमा पनि चिसो बढेपछि विद्यालय बन्द गरिएको छ । पछिल्ला दिन घाम नझुल्किएपछि आजदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ ।
शीतलहरका कारण घोराही उपमहानगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाका विद्यालय बन्द गरिएको हो ।
पालिकाहरुले सूचना जारी गरी चिसोले जनजीवन नै प्रभावित भएपछि विद्यालय बन्द गरिएको जनाएका छन् । सूचनाअनुसार पुस १६, १७ र १८ गते सामुदायिक तथा संस्थागत सबै विद्यालयमा बिदा गरिएको हो ।
अत्यधिक चिसो बढेका कारण विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै सबै विद्यालय बन्द गरिएको जनप्रतिनिधिहरुले बताएका छन् ।
जाडो बढेपछि जिल्लाका विभिन्न ठाउँमा नेपाली सेनाले आगो ताप्न दाउरा बाँडेको छ ।
सम्बन्धित













प्रहरी बनेर रकम असुल्दै हिँड्ने दुई युवा पक्राउ
बिपीको मेलमिलापको सान्दर्भिकता
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लागौँ : माधव नेपाल
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
प्रतिक्रिया