शुक्रबार, पुष १८, २०८२

कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु

मेरोन्यूज २०८२ पुष १८ गते १७:१८

काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । शुक्रबार अपराह्न पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो।

पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यसअघि संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशनको कार्यतालिका स्थगित गरेको घोषणा गरेका थिए ।

यसै विवादकाबीच बैठक सुरु भएको हो। बैठकले उत्पन्न विवाद हल गर्ने बताइएकाे छ ।

प्रतिक्रिया