कैलाली-४ बाट एमाले उपमहासचिव लेखराज भट्ट एकल सिफारिस

धनगढी । नेकपा एमालेका केन्द्रीय उपमहासचिव लेखराज भट्टको नाम कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट एकल सिफारिस गरिएको छ ।
शुक्रबार बसेको एमाले क्षेत्र नम्बर ४ को क्षेत्रीय समन्वय कमिटी बैठकले प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि भट्टको नाम एकल सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो ।क्षेत्रीय समन्वय कमिटीका अध्यक्ष गणेश जिमि साउँदले भट्टको नाम एकल सिफारिस गर्ने निर्णय सर्वसम्मतका साथ गरिएको जानकारी दिए । उनकाअनुसार क्षेत्रीय समन्वय कमिटीले पार्टीको जिल्ला कमिटीलाई सिफारिस गरेको हो ।
अब जिल्ला कमिटीले निर्णय गरेर प्रदेश कमिटी र प्रदेशले केन्द्रीय कमिटीलाई सिफारिस गर्नेछ । भट्ट काठमाडौँको भृकुटीमण्डपमा गत मंसिरसमा सम्पन्न ११औँ राष्ट्रिय महाघिवेशनबाट सर्वाधिक मतसहित एमालेको उपमहासचिवमा निर्वाचित भएका थिए ।नेकपा विभाजनपछि एमालेमै बसेका भट्ट यसअघि कैलाली–४ बाट नेकपा माओवादी केन्द्र उम्मेदवार बनेका थिए । नेकपाकालमा भने उनी यो क्षेत्रबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए भने २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका बिरबहादुर बलायरसँग पराजीत भएका थिए ।













देशको अर्थतन्त्र सुधार गर्नु वर्तमान आवश्यकता हो : अर्थमन्त्री खनाल
थाई–कम्बोडिया सीमा तनाव फेरि चर्कियो
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
सङ्खुवासभामा करेन्ट लागेर एक जनाको मृत्यु
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
चुनावका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)
तेक्वान्दोमा नेपाललाई चार स्वर्णसहित २६ पदक
मुस्ताफिजुर विवाद : टि–२० विश्वकपका खेल भारतबाट सार्न बङ्गलादेशको आग्रह
क्यानले आइसिसी महिलाटी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा गर्याे
प्रतिक्रिया