स्वर्णिम वाग्लेको संयोजकत्वमा रास्वपाले बनायो उम्मेदवार सिफारिस उपसमिति
मेरोन्यूज
२०८२ पुष २० गते १६:४७

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी समायोजन तथा निर्वाचन केन्द्रित दुई वटा उपसमिति गठन गरेको छ ।
रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि योग्य उम्मेदवार छनोट गर्नका लागि पार्टी उपसभापति डा स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार सिफारिस उपसमिति गठन गर्ने निर्णय गरेको हो ।
पार्टीका प्रवक्ता मनिष झाले उपसमितिलाई योग्य उम्मेदवार छनोट र उक्त प्रक्रियाको सिफारिस गर्ने जिम्मेवारी दिइएको बताए । उपसमितिका सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्नेछ ।
यस्तै, पार्टी एकता तथा समायोजन प्रक्रियालाई सहजीकरण गर्दै निष्कर्षमा पुर्याउने उद्देश्यले पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा पार्टी एकता समायोजन उपसमिति गठन गर्ने निर्णय गरिएको झाले जानकारी दिए ।
सम्बन्धित













एमाले केन्द्रीय कमिटी बैठक जारी (तस्बिरहरू)
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसले टुंग्यायाे उम्मेदवार
प्रतिक्रिया