बालेन बने रास्वपाको वरिष्ठ नेता, २६ जना केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेता बनेका छन्।
आइतबार साँझ बसेको रास्वपा केन्द्रीय समितिको बैठकले बालेनलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले बताए।
यसअघि स्वतन्त्र उम्मेदवारका रुपमा काठमाडौँको मेयर बनेका उनी अब दलीय राजनीतिमा सहभागी भएका छन्।बालेनलाई केन्द्रीय सदस्यमा मनोनित गरेसँगै केन्द्रीय समितिको बैठकमा महामन्त्री कविन्द्र बुर्लाकोटीले बालेनलाई ‘वरिष्ठ नेता’ भन्दै स्वागत गरेका थिए।
रास्वपा प्रवक्ता झाका अनुसार, केन्द्रीय समिति बैठकले बालेनसँगै २६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ। रास्वपासँग भएको सहमतिअनुसार, बालेनको समूहबाट केन्द्रीय सदस्य बनेका नेताहरूले महामन्त्री र सहमहामन्त्री पनि पाउनेछन्।
यी हुन मनाेनीत सदस्य
सुनिल लम्साल, भुवदेव शाह, अस्मित पोखरेल, सागर ढकाल, लक्ष्मण थारू, रमेश पौडेल, खगेन्द्र सुनार, गणेश गुरुङ, सन्तोष गिरी, डा. नमिता यादव, शिव यादव, रोहन कार्की, अनन्तराज घिमिरे, रामकुमार ढुंगाना, प्रदीप ज्ञवाली, जेम्स कार्की, मधुसुदन ढकाल, ओजस्वी थापा, केपी खनाल, आदित्य आचार्य, प्रदीप पाण्डे र खेमराज साउँद रहेका छन्।












सडक नभएको छेकम्पारमा गुड्छन् स्कुटर र ट्र्याक्टर
80,000 army personnel to be mobilized in upcoming HoR elections
असन्तुष्ट समूहलाई वार्तामा आउन ललितकला प्रज्ञा प्रतिष्ठानको आह्वान
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
केपी ओलीको स्थानहद फुकुवा
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
प्रतिक्रिया