एमाले उपाध्यक्ष पौडेल रुपन्देही–२ बाट उम्मेदवार सिफारिस

लुम्बिनी । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस गरिएको छ । नेकपा (एमाले) को आज सम्पन्न क्षेत्रीय भेलाले उपाध्यक्ष पौडेलको एकल नाम सिफारिस गरेको हो ।
यस्तै क्षेत्र नं ३ बाट समेत उपाध्यक्ष पौडेललाई पहिलो नम्बरमा उम्मेदवारका लागि सिफारिस गरिएको पार्टीको जिल्ला सहसचिव बाबुराम पन्थीले जानकारी दिए।
रुपन्देही–३ बाट एमालेले उपाध्यक्ष पौडेलसँगै प्रदेश कमिटी सदस्य सिद्धार्थनगर नगरपालिकाका पूर्वप्रमुख हरि अधिकारी, रुपन्देही क्षेत्र नं ५ बाट निर्वाचित पूर्वसांसद वासु घिमिरे, अयोध्या थारू, हितराज पन्थी, नरबहादुर घर्ती, विश्वराज बराल, राजेन्द्र पन्थी, पम्फावती खनाल, सीता काफ्ले र लक्ष्मी केसीको नाम सिफारिस गरेको पन्थीले जानकारी दिए ।
रुपन्देही क्षेत्र नं १ क्षेत्रीय समन्वय कमिटीको बैठकबाट पार्टी केन्द्रीय कमिटी सचिव छविलाल विश्वकर्मा, दधिराम न्यौपाने र डा कृष्ण न्यौपानेको नाम सिफारिस गरिएको छ ।
यस्तै रुपन्देही क्षेत्र नं ५ बाट राष्ट्रियसभाका पूर्व सांसद खिमलाल भट्टराईको नाम एकलरुपमा सिफारिस गरिएको छ । क्षेत्र नं ४ मा भने सोमबार क्षेत्रीय कमिटीको बैठक बसेर उम्मेदवारको नाम सिफारिस गरिने पन्थीले जानकारी दिए ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया