भक्तपुर २ को उम्मेदवारमा एमाले सचिव महेश बस्नेत सर्वसम्मत सिफारिस

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर २ मा एमाले सचिव महेश बस्नेत एकल सिफारिस भएका छन् । आइतबार राति सम्पन्न बैठकले बस्नेतलाई सर्वसम्मत सिफारिस गरेको हो ।
भक्तपुर २ मा एमालेबाट राजेन्द्र राजथला र अनिल श्रेष्ठ पनि दाबेदार थिए । तर उनीहरुले आफ्नो दाबेदारी फिर्ता लिएपछि बस्नेतको नाम सर्वसम्मत सिफारिस भएको हो ।बस्नेतले आफूलाई सर्वसम्मत एकल उम्मेदवार सिफारिस प्रक्रिया सहज बनाउन दाबेदारी फिर्ता लिएकोमा राजथला र श्रेष्ठलाई फेसबुकमार्फत् धन्यवाद दिएका छन् ।
भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टीबाट रामप्रसाद सापकोटा (दीपशिखा) सिफारिस भएका छन् ।भक्तपुर क्षेत्र नम्बर २ मा २०७४ सालको निर्वाचनमा महेश बस्नेत निर्वाचित भएर उद्योग मन्त्री समेत बनेका थिए । तर २०७९ सालको निर्वाचनमा उनलाई नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले हराएका थिए ।












चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
एमालेले बाेलायाे सचिवालय बैठक
आज २०८२ साल पुस २१ गते सोमबारको राशिफल
प्रतिक्रिया