सिद्धार्थ बैंकद्वारा हरिवन नगर अस्पताललाई प्रसूति उपकरण हस्तान्तरण

काठमाडाैं। सिद्धार्थ बैंक लिमिटेडले मधेश प्रदेशको सर्लाही जिल्ला हरिवन नगरपालिका स्थित हरिवन नगर अस्पताललाई विभिन्न प्रसूति उपकरणहरु हस्तान्तरण गरेको छ।
बैंकका मधेश प्रदेश प्रमुख ज्ञानेन्द्र कार्कीले यही पुस १७ गते एक कार्यक्रमको आयोजना गरी उक्त उपकरणहरु अस्पताललाई हस्तान्तरण गरेका हुन्। कार्यक्रममा मधेश प्रदेशका स्वास्थ तथा जनसंख्यामन्त्री जंगीलाल राय, हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकीलगायत स्थानीयहरुको उपस्थिति रहेको थियो।
बैंकले हाइड्रोलिक शल्यक्रिया टेबल, ४ सेटयुक्त एलईडी शल्यक्रिया कक्ष डोम बत्ती, बिरामी निगरानी यन्त्र, पूर्ण सुविधायुक्त पाँच कार्य गर्ने इलेक्ट्रिक आईसीयू बेड, फाइबर बेडसाइड लकर, तथा इलेक्ट्रिक डबल जार हाई भ्याकुम सक्सन मेसिन गरी सबै उपकरणहरु १–१ थान हस्तान्तरण गरेको हो।
हरिवन अस्पतालको नवनिर्मित भवनमा शल्यक्रियासहित बर्थिङ्ग सेवा सञ्चालन गरी समुदायमा गुणस्तरीय प्रसूति सेवामा पहुँच अभिवृद्धि गर्ने तथा आमा र नवजात शिशुहरूका लागि सहज प्रसूति वातावरण सुनिश्चित गर्ने उद्देश्यले बैंकले उक्त उपकरणहरु प्रदान गरेको हो।
बैंकले दिगो विकास लक्ष्यलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी समाजको विकासमा टेवा पु¥याउने उद्देश्य लिँदै विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको छ र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिँदै जाने योजना बैंकको रहेको छ।
















नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकाय खारेज हाेइन, सुधार गर्छाैं: प्रधानमन्त्री
गतिशील सहकारीका अध्यक्ष पाठकविरुद्ध सात दिन म्याद थप
यी हुन् मन्त्रिपरिषद्का निर्णय
सिंहदरबार पुगेर गृहमन्त्रीको राजीनामा माग्ने विद्यार्थी पक्राउ
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
प्रतिक्रिया