सिद्धार्थ बैंकद्वारा हरिवन नगर अस्पताललाई प्रसूति उपकरण हस्तान्तरण

काठमाडाैं। सिद्धार्थ बैंक लिमिटेडले मधेश प्रदेशको सर्लाही जिल्ला हरिवन नगरपालिका स्थित हरिवन नगर अस्पताललाई विभिन्न प्रसूति उपकरणहरु हस्तान्तरण गरेको छ।
बैंकका मधेश प्रदेश प्रमुख ज्ञानेन्द्र कार्कीले यही पुस १७ गते एक कार्यक्रमको आयोजना गरी उक्त उपकरणहरु अस्पताललाई हस्तान्तरण गरेका हुन्। कार्यक्रममा मधेश प्रदेशका स्वास्थ तथा जनसंख्यामन्त्री जंगीलाल राय, हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकीलगायत स्थानीयहरुको उपस्थिति रहेको थियो।
बैंकले हाइड्रोलिक शल्यक्रिया टेबल, ४ सेटयुक्त एलईडी शल्यक्रिया कक्ष डोम बत्ती, बिरामी निगरानी यन्त्र, पूर्ण सुविधायुक्त पाँच कार्य गर्ने इलेक्ट्रिक आईसीयू बेड, फाइबर बेडसाइड लकर, तथा इलेक्ट्रिक डबल जार हाई भ्याकुम सक्सन मेसिन गरी सबै उपकरणहरु १–१ थान हस्तान्तरण गरेको हो।
हरिवन अस्पतालको नवनिर्मित भवनमा शल्यक्रियासहित बर्थिङ्ग सेवा सञ्चालन गरी समुदायमा गुणस्तरीय प्रसूति सेवामा पहुँच अभिवृद्धि गर्ने तथा आमा र नवजात शिशुहरूका लागि सहज प्रसूति वातावरण सुनिश्चित गर्ने उद्देश्यले बैंकले उक्त उपकरणहरु प्रदान गरेको हो।
बैंकले दिगो विकास लक्ष्यलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी समाजको विकासमा टेवा पु¥याउने उद्देश्य लिँदै विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको छ र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिँदै जाने योजना बैंकको रहेको छ।












Baglung adds 5,253 new voters for this poll
सेयर बजारमा सामान्य अंकको सुधार
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
NC leadership urged to take ownership of Special General Convention
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ:असिम शाह
प्रतिक्रिया