भक्तपुरमा प्रहरीमाथि चक्कु प्रहार: चार जना पक्राउ

भक्तपुर। प्रहरीलाई चक्कु प्रहार गर्ने गिरोहका चार जना पक्राउ परेका छन् । मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गर्न गएका प्रहरीमाथि उक्त गिरोहले चक्कु प्रहार गरेको थियो । यस क्रममा एक प्रहरी घाइते भएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–१० नालागुम्बा नजिक एक रेष्टुरेन्टमा प्रहरी टोलीको चोरी गर्ने समूहसँग जम्काभेट भएको थियो ।
प्रहरी टोलीमाथि चक्कु प्रहार गर्दा उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) सञ्जीव केसी घाइते हुनुभएको छ । उहाँको महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चक्कु प्रहार गर्नेसहित चोरी गर्ने गिरोहका २६ वर्षीय सागर शङ्खर सोती, २५ वर्षीय सन्तोष दुलाल, २० वर्षीय वीरेन्द्र मलिक र २७ वर्षीय अभय तुलाधरलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये एक जना गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भागेका फरार कैदी रहेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले चोरीका दुई मोटरसाइकलसमेत बरामद गरेको छ ।













बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ
धनुषामा झडप हुँदा १२ जना घाइते
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रतिक्रिया