मिथिलाञ्चलमा माघे सङ्क्रान्तिको तयारी गरिँदै

जलेश्वर (महोत्तरी)। महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा माघे सङ्क्रान्ति पर्वको भव्य तयारी भइरहेको छ । माघे सङ्क्रान्ति पर्व मिथिलाञ्चलमा तिला सङ्क्रान्ति पर्वका नामले पनि प्रसिद्ध छ । यहाँका लोकभाषामा तिला सङ्क्रान्ति भनिन्छ भने कतै कतै तिला सङ्क्रायत पनि भनिन्छ ।
यस पर्वमा मिथिलाको घर घरमा चिउरा, भूजा र तिलमा सख्खर हालेर बनाइएको लड्डु खाने चलन छ । चामल, दाल, घीउ र तरकारी एकै साथ मिसाइएर बनाइएको खिचडीसमेत खाने चलन रहेकाले अहिले यहाँका घर घरमा पर्वमा परिकार बनाउन आवश्यक वस्तु सख्खर, चिउरा, भूजा, तील, अदुवा, विशेष प्रकारको चामल, उरिद र कुर्थीको दाल, घीउ, तरुल तथा अन्य मिठो तरकारी जुटाउनमा सर्वसाधारण व्यस्त छन् ।
किनमेलका लागि महोत्तरी सदरमुकाम जलेश्वरसहित मिथिलाको प्रत्येक हाटबजारमा भीडभाड देखिन्छ । यस पर्वका लागि मिथिलाञ्चलको घर घरमा ८र१० दिन पहिलेदेखि तिल, चिउरा, भूजा र सख्खर ल्याएर मिथिलानीहरु लड्डु बनाउने गर्दछन् । जसले गर्दा मिथिलाञ्चलका गाउँ बस्तीमा यस पर्वको रौनक एक साता पहिलेदेखि सुरु हुने जलेश्वर–८ की राजवती देवीले बताए ।
सङ्क्रान्तिका दिन एकाबिहानै घरका सबैभन्दा पाका सदस्य जागेर नित्कर्मसँगै नुहाइधुवाई गरी अरबा चामल, तिल र सख्खर मिसाएर प्रसाद बनाइ कूल देवतालाई चढाउने र पछि सोही प्रसादबाट घरका सबै सदस्यलाई प्रसाद दिँदै (हमर तिल बहवे) अर्थात ‘मेरो आउँदो दिनमा मलाई साथ दिन्छौँ, मैले भनेको गर्छौँ’ भन्ने चलन रहेको जलेश्वर नगरपालिका– ५ का संस्कृतिविद् ध्रुव रायले बताए ।
उनले यस कर्मलाई संस्कार पुस्तान्तरणको संज्ञा दिए । जसले मिथिलाको संस्कार र संस्कृतिलाई पछिसम्म जीवन्त राख्न सहयोग गर्ने उनको भनाइ छ ।












फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
विशेष महाधिवेशनमा उपस्थित हुन गुल्मी कांग्रेसको आग्रह
झापामा आगलागी हुँदा रु एक करोड ३० लाखको क्षति
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज
राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसले टुंग्यायाे उम्मेदवार
प्रतिक्रिया