संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट घटकलाई आफ्नो पार्टीमा एकताबद्ध हुन आह्वान गरेका छन् । आज पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकको समृद्धिका निम्ति जनताको चाहनाबमोजिम सम्पूर्ण कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड दिए ।
उनले भने, “मुलुकको राष्ट्रिय एकता, स्वाधीनता र आर्थिक समृद्धि सुदृढ गर्न अहिलेको आवश्यकता भनेको कम्युनिष्टबीच बृहत् राष्ट्रिय एकता हो, हामी एक हुँदा जेनजी पुस्ताको आकाङ्क्षा पूरा गर्न सकिन्छ ।” संयोजक दाहालले जेनजी युवाले आफ्ना विचार र भावना राख्नसक्ने पार्टी नेकपा मात्रै भएको उल्लेख गर्दै राष्ट्रको एकतालाई र स्वाधीनतालाई सुदृढ गर्ने ऐतिहासिक जिम्मेवारी आफ्नो पार्टीमा आएको बताए।
नेपाल दलित मुक्तिमोर्चाका प्रतिनिधिसँग आज भएको भेटमा दलित समुदायको आर्थिक, सामाजिक र राजनीतिक अधिकारका निम्ति आफ्नो पार्टीले लामो समयदेखि सङ्घर्ष गर्दै आएको प्रष्ट पारे।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया