युद्धविरामपछि पनि गाजामा आक्रमण, पाँच बालबालिकासहित १३ जनाको मृत्यु

युद्धविरामको बावजुद गाजामा भएको इजरायली आक्रमणमा पाँच बालबालिका सहित कम्तिमा १३ जनाको ज्यान गएको गाजाको नागरिक सुरक्षा एजेन्सीले बताएको छ ।
एजेन्सीका प्रवक्ता महमुद बासलाई उदृत गर्दै एएफपीले दक्षिणी गाजामा विस्थापित मानिसहरूको शिविरमा ड्रोन प्रहार गर्दा तीन बालकसहित चार जनाको मृत्यु भएको जनाएको छ ।
गाजा पट्टीको उत्तरमा, जबालिया शरणार्थी शिविर नजिकै एक जना र एक विद्यालयमा भएको आक्रमणमा एक जना र दक्षिण खान युनूस नजिकै भएकोको ड्रोन आक्रमणले एक व्यक्तिको ज्यान लिएको एजेन्सिले जनाएको छ ।
हमास प्राधिकरणअन्तर्गत सञ्चालन गर्ने एजेन्सीले अन्य आक्रमणमा एक बालकसहित दुई जना गाजानहरुको मृत्यु भएको जनाएको छ ।
बिहीबार गाजा सहरको पूर्वी क्षेत्रको एक घरलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा थप चार जनाको मृत्यु भएको उल्लेख गर्दै बासलले बेपत्ता भएका धेरै मानिसहरूको खोजी तथा उद्धार कार्य सुरु भएको जनाएका छन् ।
गाजा पट्टीमा युद्धविराम सम्झौताको उल्लङ्घन गरी गरिएको पछिल्लो इजरायली आक्रमणमा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको बासलले बताएका छन् ।
इजरायली सेनाले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रतिक्रियामा “दक्षिणी र उत्तरी गाजा पट्टीमा हमास आतंकवादीहरू र आतंककारी पूर्वाधारमा प्रहार गरेको बताएको छ ।
गाजा पट्टीबाट प्रक्षेपण गरिएको क्षेप्यास्त्र युद्धविराम सम्झौताको उल्लङ्घन भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अक्टोबर– १० देखि, गाजामा अमेरिकी प्रस्तावको युद्धविरामले इजरायली सेना र हमास बीचको लडाइँलाई धेरै हदसम्म रोकेको छ, तर दुवै पक्षले बारम्बार युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका छन् ।
हमासका प्रवक्ता हाजेम कासिमले बिहीबार गाजामा भएको आक्रमणले “इजरायली कब्जाले युद्धविरामप्रति आफ्नो प्रतिबद्धता त्यागेको पुष्टि गरेको“ एएफपीले जनाएको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली सेनाले युद्धविराम लागु भएदेखि गाजामा कम्तिमा ४२५ जना प्यालेस्टिनीको हत्या गरेको छ ।
नोभेम्बर – २२ मा भएको इजरायली आक्रमणमा कम्तिमा २१ जनाको मृत्यु भएको थियो, भने इजरायली सेनाले यसै अवधिमा आतङ्कवादीहरूले आफ्ना तीन जना सैनिकको हत्या गरेको बताएको छ ।
















फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया