रास्वपासँग कुलमानबीच एकताको सहमति अन्त्य

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीच एकता गर्ने सहमतिकाे अन्त्य भएकाे छ ।कुलमान पक्षले रास्वपामा वरिष्ठ उपसभापतिसँगै पार्टीको नाम परिवर्तनको प्रस्ताव गरेपछि एकता भंग भएको रास्वपा स्रोतको दाबी छ ।
पदाधिकारीमा उपसभापति बाहेक थप ३ वटा पद दिनुपर्ने, साथै वरिष्ठ उपसभापति कुलमानजीलाई दिनुपर्ने उज्लालो नेपालको माग थियो। त्यस्तै एक महामन्त्री राखेर त्यो उज्यालो नेपाल पार्टीको भागमा पर्नुुपर्ने माग पनि उज्यालो नेपालको थियो।
आसन्न निर्वाचनमा प्रत्यक्ष उम्मेदवारीको लागि सिट तोकेरै जानुपर्ने उज्यालो पार्टीको मागमा राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वले विमति जनाएको छ।
भविष्यमा सरकार बन्दै गर्दाखेरि सृजना हुने राज्यको विभिन्न अवसरहरूको बारेमा अहिले भागबण्डा गरेर अगाडि बढ्नुपर्ने धारणा कुलमान पक्षको रहेको थियो। यस्ता मागमा सहमति हुन नसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीचको सहकार्य औपचारिक रुपमा टुंगिएको घोषणा मात्र हुन बाँकी रहेको उज्यालो नेपालका नेताहरुले बताएका छन्।
मन्त्रीपदबाट राजीनामा दिएका कुलमान यसबीच पटकपटक रास्वपा सभापति रवि लामिछानेसहितको छलफलमा थिए । राजीनामा दिने क्रममा पनि उनले आफू कुनै पनि पार्टीको सदस्य नभएको, रास्वपासँग समझदारी भए पनि कार्यान्वयन चरणमा नपुगेको बताएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीले यो देश बदल्ने अभियान हो, एउटा निर्वाचन र त्यसको उपलब्धिमै सबै छलफल सिमित नगरौँ भन्दै आफ्नो अडान दोहोर्याएको थियो।यसैबीच रास्वपाको अहिले आकस्मिक सचिवालय बैठक बोलाइएको छ।
















‘एमआरपी’ कार्यान्वयन गर्न खोज्दा वीरगञ्ज भन्सारको जाँचपास रोकियो
बाँकेको नरैनापुरमा आगलागी, १३ घरगोठ जलेर ध्वस्त
सिटिजन्स बैंक खुला टेनिस : प्रणव र दर्शिल क्वाटरफाइनलमा
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
सभामुख अर्यालसँग चिनियाँ राजदूतको शिष्टचार भेट
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया