निर्वाचनमा देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिलाई विजय गराउनुपर्छः पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ।पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले मुलुकको स्वतन्त्रता र राष्ट्रियतालाई अझ सुदृढ गर्दै, सामाजिक, आर्थिक रुपान्तरण, राष्ट्रिय अर्थतन्त्र र संस्कृतिहरूलाई थप सुदृढ बनाउनुपर्ने बताएका छन् ।
नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्री खनालले नेपाल एकिकरणका योद्धा, वीर पुर्खा, महान् सहिद र आमनेपाली जनताको ‘समृद्ध नेपाल तथा सुखी नेपाली’को सपना साकार पार्न समाजवाद कार्यान्वयन गर्नुपर्ने बताए।
देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा राष्ट्रिय एकता, भौगोलिक अखण्डता, शान्ति, अग्रगति र समृद्धिका निम्ति हार्दिक शुभकामना व्यक्त गर्दै तत्कालीन राजा पृथ्वीनारायण शाहको नेतृत्वमा सुरु भएको राज्य विस्तार अभियानको सुुरुआतसँगै नेपालको पूर्वपश्चिम, हिमाल, पहाड र तराईमा रहेका स–साना राज्यहरूलाई एकीकरण गर्ने सिलसिला पनि सुरु भएको पूर्वप्रधानमन्त्री खनालले उल्लेख गरे ।
तात्कालिक समयका वीर पुर्खाको साहस, पराक्रम र दूरदर्शिताको परिणामस्वरुप हाम्रो मातृभूमि नेपाल आज एक स्वाधिन, अखण्ड र सार्वभौम मुलुकका रूपमा तथा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक राष्ट्रका रूपमा विश्वमा परिचित रहेको उनले विचार व्यक्त गरे ।
बदलिँदो अन्तरराष्ट्रिय स्थिति, नेपाल र नेपाली जनताको आमूल परिवर्तनको आकाङ्क्षालाई पूरा गर्न आगामी निर्वाचनमा देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिहरूलाई विजय गराउनुपर्नेमा पूर्वप्रधानमन्त्री खनालले जोड दिए ।
















उडान खुल्ने प्रतीक्षामा विमानस्थलमा अलपत्र यात्री
निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका निम्ति प्रचण्डको अपिल
निर्वाचन लक्षित सुरक्षा तयारी पूरा, स्वच्छ, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनेः गृहमन्त्री अर्याल
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !
१६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री
जापानमा वृद्ध व्यक्ति भित्तेचित्र कोरेको आरोपमा पक्राउ
प्रतिक्रिया