विशेष महाधिवेशन कार्यकर्ताको चाहना र विधानसम्मतः कांग्रेस नेताहरू

काठमाडौँ । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले मुलुकको वर्तमान अवस्था संवेदनशील रहेको उल्लेख गर्दै पार्टीभन्दा माथि उठेर राष्ट्रिय हितका पक्षमा सबै लाग्नुपर्ने बताएका छन् ।
कांग्रेसका विशेष महाधिवेशन पक्षधरको आह्वानमा आजदेखि यहाँ सुरु भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता श्रेष्ठले पार्टी विधानले चल्नुपर्ने र कसैले हठ गर्न नहुने बताए । साथै उनले विशेष महाधिवेशन पार्टीको विधानअनुसार भएको दाबी गर्दै मुलुकको वर्तमान राजनीतिको भावनाअनुसार पार्टीको नेतृत्व युवाको काँधमा आएको उल्लेख गरे ।
काठमाडौँ कांग्रेसका सभापति कृष्ण (सबुज) बानियाँको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन सत्रमा कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन र गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा तथा कांग्रेस काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामा, बैतडीका सभापति चतुरबहादुर चन्द र ललितपुरका सभापति जितेन्द्र श्रेष्ठलगायतका नेताले जेनजी आन्दोलनपछि विकसित राजनीतिक सन्दर्भ र पार्टीभित्रको परिवर्तित चाहनाअनुरुप विधानसम्मत विशेष महाधिवेशन भएको स्पष्ट गरे ।
















२४ घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा
Possibility of rainfall in most urban areas
नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
सन् २०३० सम्ममा २५ हजार महिला शिक्षक तथा स्वास्थ्यकर्मी गुमाउदै अफगानिस्तान ः राष्ट्रसङ्घ
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया