कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत भृकुटीमण्डपमा जारी बन्दसत्रमा पेस भएको ‘विशेष महाधिवेशन कार्यविधि–२०८२’ पारित भएको छ ।
अधिवक्ता समेत रहेका महाधिवेशन प्रतिनिधि नारायण भट्टराईले पेस गरेको कार्यविधि सर्वसम्मत पारित भएको हो । कार्यविधि पारित भएसँगै विशेष महाधिवेशनका कार्यक्रम अघि बढ्नेछन्।
‘नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा १७ को उपधारा (२) बमोजिम बोलाइएको विशेष केन्द्रीय महाविधेशनले आफ्नो कामकारबाहीलाई नियमित र व्यवस्थित गर्नका लागि कार्यविधि बनाउन वाञ्छनीय भएकाले, नेपाली कांग्रेसको विधानको धारा १५ बमोजिम सर्वोच्च अधिकार सम्पन्न निकायलाई निहित हुने अधिकार प्रयोग गरी नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि, २०८२ बनाई लागू गरिएको छ’ कार्यविधिको प्रस्तावनामा उल्लेख छ।
बन्दसत्रमा विश्वप्रकाश शर्माले ‘बदलिएको देश/बदल्नुपर्ने कांग्रेस सद्भाव, समुन्नतिको नवीन यात्रा’ सम्बन्धी प्रतिवेदन पेस गरेका छन् ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया