बैतडी जिप दुर्घटना अपडेट: मृतकको संख्या ४ पुग्यो
मेरोन्यूज
२०८२ पुष २९ गते ८:०६

काठमाडौँ । बैतडीमा जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
सोमबार करिब १० बजे पाटन नगरपालिका-८ विजयपुर नजिकै झैलेक भिरमा सुर्नया गाउँपालिका-६ को मोतिनगरबाट डडेल्धुरातर्फ आउँदै गरेको म १ ज २२४ नम्बरको जिप दुर्घटनामा परेको हो ।
बोलेरो जिप अनियन्त्रित भएर सडकबाट ३०० मिटर तल खसेको थियो । दुर्घटनामा परेर तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो। थप एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
मृत्यु हुनेमा सिगास गाउँपालिका-१ का २४ वर्षीय निसान्त बोहरा, २८ वर्षीय भानदेव भट्ट, २७ वर्षीय वसन्ती ऐर र डडेलधुराको आलीताल गाउँपालिका-३ का १३ वर्षीय बालक राकेश रावल रहेका छन्।
सम्बन्धित













भरतपुरमा बृहत् चक्रपथ उद्घाटन
कांग्रेस विशेष महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका
Vapes worth 22.4 million confiscated
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
प्रतिक्रिया