कांग्रेसमा महामन्त्रीद्वयसँग वार्ता गर्न समिति, आजै वार्ता हुने

काठमाडौँ । नेपाली कांग्रेसमा ७० प्रतिशत प्रतिनिधिको हस्ताक्षरको पुर्याउने लक्ष्यसहित चलिरहेको विशेष महाधिवेशनको नेतृत्व गरिरहेका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग संस्थापन पक्षले आज वार्ता गर्ने भएको छ । तर वार्ता स्थल र समय बताइएको छैन ।यसका लागि कांग्रेसले संस्थापन पक्षबाट उपसभापति पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाणलाई जिम्मेवारी दिएको छ ।
विशेष महाधिवेशन पक्षबाट भने प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे वार्तामा सहभागी हुँदैछन् ।विशेष पक्षले सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षलाई बोलाए पनि उनीहरू भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा उपस्थित भएनन् ।
सभापति देउवाले विशेष महाधिवेशनलाई मान्यता नदिने सन्देश समेत निकटस्थहरूमार्फत् दिइरहेका बेला प्रतिनिधिको हस्ताक्षर संख्या बढेपछि सभापति देउवा दबाबमा छन् । आजको बन्द सत्रपछि नेतृत्व छाड्न समेत नैतिकरुपमा पनि दबाब हुने देखिन्छ ।












मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बदली
50 days to HoR elections: 175 candidates withdraw from PR closed list
कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ
सिन्धुलीस्थित बैंक लुटपाट: सुरक्षा गार्डको हात काटियो, स्थानीय भेटे बाेरामा पैसा
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया