यी हुन् कांग्रेसको संस्थापन समूह र विशेष महाधिवेशन समूहबीच वार्तामा नमिलेका विषय

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूह र विशेष महाधिवेशन समूहबीच केही विषय सहमतिउन्मुख भए पनि केही विषय भने पेचिलो बनेको छ ।
आझ भएको त्रिपक्षीय वार्तामा विशेष महाधिवेशनलाई पार्टीले नै स्वामित्व लिने विषयमा संस्थापन समूह पनि लचक देखिएको छ ।तर सभापति शेरबहादुर देउवा राजनीतिबाट अलग हुने भन्ने विषयमा सहमति जुट्न सकेको छैन ।
त्यस्तै आसन्न प्रतिनिधिसभा निर्वाचनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हस्ताक्षर गर्नुपर्ने विषय पनि टुंगिन बाँकी छ ।विशेष महाधिवेशन पक्षबाट वार्तामा सहभागी भएका प्रदीप पौडेल, देवराज चालिसे, मधु आचार्य र गुरुराज घिमिरेले राखेको यो प्रस्तावबारे संस्थापन समूहबाट वार्तामा रहेका बालकृष्ण खाण र रमेश लेखकले निर्णय सुनाउन सकेनन् ।
सबै कुरामा सहमति जुटेको खण्डमा कार्यबाहक सभापति खड्का विशेष महाधिवेशन स्थलमा आएर सहमतिलाई हलबाट घोषणा गर्नुपर्ने विशेष पक्षको अर्को प्रस्ताव छ ।
त्यसपछि लेखक र खाणले यसबारे सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई जानकारी गराएर मात्रै निर्णय सुनाउन सक्ने बताएका थिए ।












मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते
एसबीआई बैंक लुटपाट मा संलग्न ४ जना पक्राउ
मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बदली
50 days to HoR elections: 175 candidates withdraw from PR closed list
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया