तनहुँमा दुई कोरोना सङ्क्रमित मिर्गौला पीडितको डायलासिस

दमौली । तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा दुई कोरोना सङ्क्रमित मिर्गौला पीडितको डायलासिस गरिएको छ ।
व्यास र म्याग्देका दुई कोरोना सङ्क्रमित मिर्गौला पीडितको दोस्रो पटक डायलासिस गरिएको हो । दुवै मिर्गौला पीडितले विगतदेखि नै सोही अस्पतालमा डायलासिस गराउँदै आएका थिए ।
कोरोना सङ्क्रमित भएपछि व्यासका मिर्गौला पीडितले गत शुक्रबार र म्याग्देका मिर्गौला पीडितले आइतबार पहिलो पटक डायलासिस गराएका थिए ।
दुवैजनाको बुधबार राति दोस्रो पटक डायलासिस गरिएको मिर्गौला उपचार केन्द्रका इन्चार्ज शैलेन्द्र पण्डितले जानकारी दिए । “अरु सबैको डायलासिस सकिएपछि उहाँहरुलाई छुट्टै राखेर डायलासिस गराइएको छ”, पण्डितले भने ।
कोरोना सङ्क्रमित दुवै पुरुषको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरुको हाल दमौली अस्पतालको कोभिड कक्षमा उपचार भइरहेको छ । केन्द्रमा हाल दैनिक ६३ जनाले डायलासिस गराइरहेका छन् ।
विसं २०७२ मङ्सिर ३ गते देशभरका जिल्ला अस्पतालमध्ये दमौली अस्पतालमा पहिलो पटक डायलासिस केन्द्र स्थापना भएको थियो ।
केन्द्रले हालसम्म २५ हजारभन्दा बढी पटक डायलासिस सेवा प्रदान गरेको छ । केन्द्रमा नौ वटा डायलासिस गराउने उपकरण रहेको छ ।

















राष्ट्रिय किताबखानाद्वारा एकीकृत ‘डिजिटल’ निवृत्तभरण सेवा आरम्भ
PM Karki visits Janaki Temple, pays homage
मध्यपूर्व द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने
संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा तनाव कम गर्न आह्वान
उदयपुरको त्रियुगा नदीमा झोलुङगे पुल निर्माण
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया