शनिबार, माघ ३, २०८२

बर्जु दुर्घटना पीडित परिवारलाई १२ लाख क्षतिपूर्ति

मेरोन्यूज २०८२ माघ ३ गते १५:०२

इनरुवा (सुनसरी) । गत बिहीबार भोक्राहा नरसिंह गाउँपालिका–९ सोनियाहीमा भएको ट्रक दुर्घटनामा ज्यान गुमाएका पाँच परिवारलाई क्षतिपूर्तिस्वरुप रु १२ लाख प्रदान गरिने भएको छ । 

ट्रक दुर्घटनामा बर्जु गाउँपालिका–१ गुरुङ बस्तीका ५ जनाको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालयमा क्षतिपूर्ति बापत ट्रक र मार्बल व्यवसायीले रु ११ लाख र गाउँपालिकाले रु एक लाख प्रदान गर्ने सहमति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।

क्षतिपूर्ति उपलब्ध हुने सुनिश्चित भएपछि आज  शव बुझ्ने सहमति भएको छ । प्रतिमृतक रु १२ लाख प्रदान गर्ने सहमति भएको हो ।  

प्रतिक्रिया