पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालय पुगेका बालेन्द्र शाह (बालेन) केहीबेरमै फर्किएका छन्। आइतबार दिउँसो काठमाडाैंकाे मेयरबाट राजीनामा दिएर बालेन बनस्थलीस्थित केन्द्रीय कार्यालय घन्टीघर पुगेका थिए ।
बालेन रास्वपा कार्यालय जाँदा वनस्थली क्षेत्रमा हजारौंको संख्यामा समर्थक र शुभेच्छुकहरूको बाक्लाे उपस्थिति थियो।
उनलाई पार्टी कार्यालयमा सभापति रवि लामिछानेले स्वागत गरे । स्वागतपछि सभापति लामिछाने र बालेनले संयुक्त रूपमा ‘घण्टी घर’ मा रहेको घण्टी बजाएका थिए। त्यसपछि बालेन-रविले एकअर्कालाई अंकमाल गरे । र बालेने समर्थकलाई अभिवादनसँगै फ्लाइङ किस दिए ।
त्यसपछि आफ्नो कार्यकक्षमा पुगेर बालेनले रास्वपाका वरिष्ठ नेताका रुपमा पदभार ग्रहण गरेका थिए । लगत्तै उनी बाहिरिए ।
करिब १० मिनेट बसेका बालेन समर्थकलाई सम्बोधन नगरी कार्यालयबाट बाहिरिएका हुन् । उनी आजै जनकपुर जाने कार्यक्रम रहेको रास्वपा स्राेतले जानकारी दिएकाे छ ।














माघ ५ गते साेमबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया